Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

कांग्रेस पूर्वकेन्द्रीय सदस्य न्यौपानेको निधन, तीन दिन पार्टीको झण्डा झुकाइने


१ भदाै, काठमाडाैँ । नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य हरिप्रसाद न्यौपानेको निधन भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी पार्टीका पूर्वकेन्द्रीय सदस्य एवं वरिष्ठ अधिवक्ता न्यौपानेको ७२ वर्षको उमेरमा आज मध्यबानेश्वरस्थित आफ्नै निवासमा निधन भएको जानकारी दिए ।

स्व न्यौपानेले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको र उहाँको निधनबाट नेपाली कांग्रेसले एक अनुभवी नेतृत्वलाई गुमाएको कांग्रेसले बताएको छ । उनको निधनमा कांग्रेसलाई अपूरणीय क्षति पुगेको मुख्यसचिव पौडेलले बताए । स्व न्यौपानेको श्रीमती र दुई छोरा छन् ।

कांग्रेसले नेता न्यौपानेप्रति सम्मान प्रकट गर्दै भदौ १, २ र ३ गते तीनदिन केन्द्रीय कार्यालय र जिल्ला कार्यालयमा पार्टीको झण्डा झुकाउने, भदौ ३ गते केन्द्र र जिल्ला कार्यालय बन्द गर्ने, १३ दिनसम्म केन्द्र र जिल्लामा शोक पुस्तिका राख्ने, र १३ औँ दिनमा सम्बन्धित दिनमा शोकसभा गर्ने जनाएको छ ।

न्यौपानको निधनप्रति कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् । “कांग्रेसका पूर्वकेन्द्रीय सदस्य हरिप्रसाद न्यौपानेको निधनको खबरले मलाई अत्यन्त दुःखित र स्तब्ध बनाएको छ, उहाँको निधनले पार्टी र नेपालको लोकतान्त्रिक आन्दोलन क्षति पुगेको छ”, सभापति देउवाले भनेका छन् ।

सभापति देउवाले न्यौपानेप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चिरशान्तिको कामना साथै शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नोतर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् ।


प्रकाशित मिति: १ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?