Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

बङ्गलादेशी पर्यटकलाई विमानस्थलमा पञ्चेबाजासहित स्वागत


१ भदाै, काठमाडाैँ । जहाज चार्टर्ड गरेर नेपाल भ्रमणमा आएका बङ्गलादेशी पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ ।

विमान बङ्गलादेश एयरलाइन्सबाट काठमाडौँ ओर्लिएका एक सय ४५ पर्यटकलाई नेपाल पर्यटन बोर्डको नेतृत्वमा स्वागत गरिएको हो । पञ्चेबाजासहित पर्यटन व्यवसायीले बङ्गलादेशी पर्यटकलाई स्वागत गरेका हुन् ।

आजै साँझ हिमालय एयरलाइन्सबाट थप बङ्गलादेशी पर्यटक नेपाल आउने कार्यक्रम छ । आज र भोलि गरेर सात सय पर्यटक नेपाल आउने बङ्गलादेशी पर्यटकको ‘ग्राउन्डह्यान्डलिङ’को जिम्मा लिएको सम्राट टुर एन्ड ट्राभल्स प्रालिले जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सिएन पाण्डेका अनुसार बङ्गलादेशबाट उडानमार्फत नेपाल आउन लागेको उक्त टोली हालसम्मकै ठूलो हो । बङ्गलादेशको राजधानी ढाकामा रहेको माउन्टेन क्लब टुरमार्फत बङ्गलादेशी पर्यटक नेपाल आएका हुन ।

नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले ठूलो सङ्ख्यामा नेपाल भित्रिने बङ्गलादेशी पर्यटकको प्रचारप्रसारबाट थप पर्यटक आकर्षण गर्न मद्दत पुग्ने उल्लेख गरे ।


प्रकाशित मिति: १ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?