Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

श्रावण शुक्ल पक्षभरका लागि पशुपति क्षेत्रमा विशेष व्यवस्था


१ भदाै, काठमाडाैँ । पशुपति क्षेत्र विकास कोषले चान्दमासअनुसार श्रावण शुक्ल पक्षभर पशुपति क्षेत्रमा सौरमासकै सरहको व्यवस्था गर्ने भएको छ ।

सौरमासअनुसार साउन महिनामा अधिकमास परेको र चान्द्रमासअनुसारको श्रावण शुक्ल पक्षभर विगत वर्षमा पनि भारतीय धार्मिक पर्यटकको भीड लाग्ने गरेकाले साविककै जस्तो व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोष, संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिए । यस वर्ष भदौ १४ गतेसम्म चान्द्रमासअनुसार साउन शुक्ल पक्ष परेको छ ।

यसबीचमा भदौ ४ र ११ गते गरी दुई दिन सोमबार परेको छ । दुवै सोमबार महाशिवरात्रि र तीज पर्वकै जस्तो व्यवस्था गर्न लागिएको उनले जानकारी दिए । अधिकमास परेकाले सौरमासअनुसार साउन महिनामा सोमबारको व्रत गर्ने, नगर्ने भन्नेमा धर्मशास्त्रीबीच नै मतान्तर भएको थियो । प्रत्येक वर्ष साउन महिनाको सोमबार गरिने व्रत नित्य भएकाले अधिकमास परे पनि व्रत गर्नु हुने तर्क एकथरी धर्मशास्त्रीको थियो ।

अर्काथरी धर्मशास्त्रीले अधिकमासका बेलामा भगवान् पुरुषोत्तमको मात्र पूजा, आराधना गरिने भएकाले साउने सोमबारको व्रत गर्न नहुने तर्क गरेका थिए । मतान्तरबीच सौरमासअनुसार साउन महिना सकिए पनि श्रावण शुक्ल पक्षभर पनि पशुपति क्षेत्रमा विशेष व्यवस्था गर्न लागिएको हो ।


प्रकाशित मिति: १ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?