Trending
>>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

श्रावण शुक्ल पक्षभरका लागि पशुपति क्षेत्रमा विशेष व्यवस्था


१ भदाै, काठमाडाैँ । पशुपति क्षेत्र विकास कोषले चान्दमासअनुसार श्रावण शुक्ल पक्षभर पशुपति क्षेत्रमा सौरमासकै सरहको व्यवस्था गर्ने भएको छ ।

सौरमासअनुसार साउन महिनामा अधिकमास परेको र चान्द्रमासअनुसारको श्रावण शुक्ल पक्षभर विगत वर्षमा पनि भारतीय धार्मिक पर्यटकको भीड लाग्ने गरेकाले साविककै जस्तो व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोष, संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिए । यस वर्ष भदौ १४ गतेसम्म चान्द्रमासअनुसार साउन शुक्ल पक्ष परेको छ ।

यसबीचमा भदौ ४ र ११ गते गरी दुई दिन सोमबार परेको छ । दुवै सोमबार महाशिवरात्रि र तीज पर्वकै जस्तो व्यवस्था गर्न लागिएको उनले जानकारी दिए । अधिकमास परेकाले सौरमासअनुसार साउन महिनामा सोमबारको व्रत गर्ने, नगर्ने भन्नेमा धर्मशास्त्रीबीच नै मतान्तर भएको थियो । प्रत्येक वर्ष साउन महिनाको सोमबार गरिने व्रत नित्य भएकाले अधिकमास परे पनि व्रत गर्नु हुने तर्क एकथरी धर्मशास्त्रीको थियो ।

अर्काथरी धर्मशास्त्रीले अधिकमासका बेलामा भगवान् पुरुषोत्तमको मात्र पूजा, आराधना गरिने भएकाले साउने सोमबारको व्रत गर्न नहुने तर्क गरेका थिए । मतान्तरबीच सौरमासअनुसार साउन महिना सकिए पनि श्रावण शुक्ल पक्षभर पनि पशुपति क्षेत्रमा विशेष व्यवस्था गर्न लागिएको हो ।


प्रकाशित मिति: १ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?