Trending
>>   एनभिए भलिबलः महिलातर्फ पुलिस र न्यु डायमण्डले उपाधिका लागि प्रतिष्पर्धा गर्ने >>   महाधिवेशन प्रतिनिधिलाई महामन्त्री थापाले भने– पुसभित्र विषेश महाधिवेशन हुन्छ, काठमाडौंमा भेटौँला >>   महामन्त्रीद्वयको असन्तुष्टिबीच काँग्रेस केन्द्रिय कार्यसमितिको म्याद अगामी जेठ मसान्तसम्म थप >>   भोलिको सुरक्षित नेपाल आजका युवाबाट नै निर्माण हुन्छः गृहमन्त्री अर्याल >>   समानुपातिकतर्फ ५८ चुनाव चिन्हसहित मतपत्र छापिने >>   मुस्लिम आयोगका पूर्वअध्यक्ष अन्सारीको अध्यक्षतामा ‘राष्ट्र निर्माण दल’ घोषणा >>   जलविद्युत प्रभावित क्षेत्रलाई उचित क्षतिपूर्तिको व्यवस्थासहित कानून निर्माण हुन्छः कानूनमन्त्री सिन्हा >>   आयोगले निर्वाचनमा सूचना प्रविधिको प्रयोगमा प्रोत्साहन गर्ने नीति लिएको छः प्रवक्ता भट्टराई >>   स्थानीयको मागलाई बेवास्ता गरेर कुनैपनि विद्युत आयोजना अघि बढाइँदैनः मन्त्री घिसिङ >>   इक्यान सचिव पदका लागि सुरज सिलवालको उम्मेदवारी घोषणा
Logo
१८ पुष २०८२, शुक्रबार
१८ पुष २०८२, शुक्रबार

अर्थतन्त्रबारे सकारात्मक धारणा बन्नुपर्छ : अर्थमन्त्री महत


३० श्रावण, काठमाडाैँ । अर्थमन्त्री डा प्रकाशशरण महतले पछिल्लो समय मुलुकको अर्थतन्त्रमा सुधारै हुँदै गए पनि आम मानिस र निजी क्षेत्रमा अर्थतन्त्रबारे सकारात्मक धारणा बन्न नसकेको बताएका छन् ।

आन्तरिक राजस्व विभागले आज यहाँ आयोजना गरेको ‘व्यवस्थापन गोष्ठी २०८०’ को उद्घाटनमा अर्थमन्त्री डा महतले निजी क्षेत्रमा नकारात्मकता हाबी हुँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

“अहिले अर्थतन्त्र सकारात्मक बाटोमा उन्मुख छ । हामीलाई सकारात्मक दिशातर्फ जानुछ र जान सकिन्छ भन्ने धारणा हुनुपर्ने हो । तर सबैतिरबाट नकारात्मक मात्रै सोच राख्ने प्रवृत्ति देखियो”, निजी क्षेत्रतर्फ इङ्गित गर्दै अर्थमन्त्री डा महतले भने, “अर्थतन्त्र सुधारका लागि प्रयास भइरहेका छन् र सकारात्मक नतिजा पनि देखिँदै गएको छ ।”

कोभिड–१९ महामारी र रुस–युक्रेन युद्धको असरपछि असरलगायतका कारण अर्थतन्त्र समस्यामा परेको भए पनि सुधारका लागि सबै क्षेत्रबाट सकारात्मक धारणा बन्दै जानुपर्ने र यसो हुनसके मात्रै अपेक्षित लगानी आउन सक्ने अर्थमन्त्री महतको भनाइ छ ।

निजी क्षेत्रका छाता संस्था र तिनका पदाधिकारीले अर्थतन्त्रको अवस्थाबारे समान धारणा बनाउन आवश्यक रहेको भन्दै यसका लागि सुझाव दिए । निजी क्षेत्र व्यापारमा मात्रै केन्द्रित भएको र सरकारले आन्तरिक उत्पादन बढाउने नीति लिँदा पनि निजी क्षेत्रले यसको लाभ लिन नसकेको उनको भनाइ छ ।


प्रकाशित मिति: ३० श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?