Trending
>>   आचारसंहिता उल्लंघनमा निर्वाचन आयोगको मौनताप्रति एमालेको आपत्ति >>   सरकारले निषेधाज्ञा र कर्फ्यु लगाएर त्रास सिर्जना गर्‍यो, फागुन २१ मै चुनाव हुनुपर्छः एमाले >>   उद्योग वाणिज्य महासंघको अग्रसरतामा १० अर्बको कम्पनी खडा गरेका छौँः ढकाल >>   निर्वाचन सुरक्षा समितिको बैठक जारीः रौतहट र वीरगञ्जको झडपपछि सुरक्षा व्यवस्था थप मजबुत पारिँदै >>   उत्पादनमुखी अर्थतन्त्र निर्माण मेरो मुख्य एजेण्डा होः वरिष्ठ उपाध्यक्षका प्रत्यासी ढकाल >>   संक्रमणकालीन न्याय र निष्पक्ष निर्वाचन नेपालको प्राथमिकताः प्रधानमन्त्री कार्की >>   अमेरिकी सेना सिरियाको कासरक आधारबाट फिर्ता हुँदै >>   आईजिन निर्देशिका कार्यान्वयनमा ‘अदृश्य शक्ति’ को अवरोध : सीडीएससी >>   मतदान सकिएको २४ घण्टाभित्रै मतपरिणाम सार्वजनिक गर्छौंः रामप्रसाद भण्डारी >>   ‘डबल आईएसआईएन’ ले पुँजी बजारमा विकृति ल्यायो, एकीकृत बजार सिद्धान्त अपनाउनुपर्छः कमलेश अग्रवाल
Logo
१२ फाल्गुन २०८२, मंगलवार
१२ फाल्गुन २०८२, मंगलवार

व्यापार नीतिमा महिलालाई मूल प्रवाहमा ल्याइँदै


३० श्रावण, काठमाडाैँ । व्यापारसम्बन्धी नीतिमा महिलाहरूलाई प्रोत्साहित गर्र्न लैङ्गिक सोच अभिवृद्धिको खाँचो औँल्याइएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा युरोपियन युनियनको इयु नेपाल व्यापार तथा लगानी कार्यक्रम कार्यान्वयन गरिरहेको अन्तर्राष्ट्रिय व्यापार केन्द्र (आइटिसी) को सि–ट्रेड इनिसियटिभ्सको संयुक्त आयोजनामा भएको दुईदिने व्यापार तथा लैङ्गिक मूल प्रवाहीकरण कार्यशालामा सरोकारवालाहरुले सो विषयमा जोड दिएका हुन् ।

कार्यशालामा व्यापार नीतिहरूमा लैङ्गिक मूल प्रवाहलाई प्राथमिकता दिन नीति निर्माता एवं अन्य सरोकारवालाहरूलाई यसबारे बुझाउने र महिलासँग सम्बन्धित व्यावसायिक सङ्घहरूलाई यससम्बन्धी नीतिगत प्रस्तावहरू तयार गर्न आवश्यक परामर्श  गरिएको थियो।

सो अवसरमा आइटिसीद्वारा तयार पारिएको सि–ट्रेड आउटलुकले औँल्याएका विषयहरूबारे सम्बद्ध विज्ञ र सरकारी निकायका पदाधिकारी, महिला सङ्गठन र विकास साझेदार निकायका प्रतिनिधिहरूसँग छलफल गरिएको थियो ।

सार्वजनिक र निजी क्षेत्रका सरोकारवालाहरूका लागि आफ्ना अनुभव र  सिकेका पाठहरू आदानप्रदान गरिनाका साथै महिलाहरूको सहभागितालाई व्यापार व्यवसायमा प्रोत्साहित गर्ने उपायहरूको खोजी गरिएको थियो । महिला उद्यमीहरूलाई व्यापारको मूल प्रवाहमा ल्याउनका लागि कार्यशालामा महिलाहरूद्वारा नै तयार पारिने नीति दस्तावेजलाई नीति निर्माताहरूसमक्ष पेस गरी कार्यान्वयनका लागि पहल गरिने प्रतिबद्धता जनाइएको थियो ।

सो अवसरमा आइटिसीका उपकार्यकारी निर्देशक डोरोथी टेम्बोले यस कार्यशालाले व्यापारमा महिलाहरूको सहभागिता बढाउन अनुकूल वातावरण सिर्जना गर्ने र स्वदेशी तथा अन्तर्राष्ट्रिय बजारमा महिलाको बढी पहुँचका लागि अवसर वृद्धि गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको बताए । उनले लैङ्गिक उत्तरदायी र समावेशी व्यापार नीति नबनाई व्यापारमा महिलाको सहभागिता बढाउन नसकिने बताए ।

नेपालका लागि इयु डेलिगेसनकी सहयोग उपप्रमुख इलोइसा अस्टुडिलो फर्नान्डेजले महिलाहरूलाई व्यापारको मूल प्रवाहीकरणमा ल्याउन नीतिगत सुधारका लागि प्रमुख सरोकारवाला निकायहरूबीच सामूहिक प्रयासहरू गर्नुपर्ने भनिन् । उनले समावेशी व्यापार नीति तर्जुमा र कार्यान्वयनले नेपालको अतिकम विकसित मुलुकको स्तरबाट दिगो स्तरोन्नति र दिगो विकास लक्ष्य हासिल गर्ने कार्यमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

मन्त्रालयका सहसचिव गोविन्दबहादुर कार्कीले सार्वजनिक र निजी क्षेत्रमा महिला सहभागिता अभिवृद्धिमा नेपालले सन्तोषजनक प्रगति गरेको बताउँदै राष्ट्रिय अर्थतन्त्रमा महिलामैत्री पहललाई प्रभावकारीरूपमा कार्यान्वयन गर्न सरोकारवालाबीचको समन्वयको आवश्यकतामा जोड दिइन् ।


प्रकाशित मिति: ३० श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?