Trending
>>   ५ सय ९९ जना प्रहरी कर्मचारीहरू कारवाहीमा >>   भरूवा बन्दुक सहित एक जना पक्राउ >>   टर्कीको तेल र ग्यास उत्पादनमा अभूतपूर्व वृद्धिः ६०–७० अर्ब डलरको आयात भार घट्ने >>   खोला मापदण्डको विरोध गर्दै सडकमा पीडितहरू (तस्बिरसहित) >>   दक्षिण यमनमा साउदी हवाई आक्रमणः ६ जनाको मृत्यु >>   निजी क्षेत्रको नेतृत्वमा दिगो आर्थिक विकास सम्भवः मन्त्री सिन्हा >>   सिरियाली सेनाद्वारा अलेप्पोका दुई क्षेत्र बन्द सैन्य क्षेत्र घोषणा गर्दै कर्फ्यु लागू >>   कुलमानको दाबीः राजनीतिक दलको सदस्यता लिएको छैन, जिम्मेवारीबाट विमुख हुन राजीनामा दिएको होइन >>   अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा >>   मैले अहिलेसम्म चुनावमा उठ्नेबारे कुनै निर्णय गरेको छैनः सञ्चारमन्त्री खरेल
Logo
२४ पुष २०८२, बिहीबार
२४ पुष २०८२, बिहीबार

जनताका कामलाई पहिलो प्राथमिकता दिन्छु : नवनियुक्त मन्त्री अनितादेवी


२९ श्रावण, काठमाडाैँ । नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवीले जनतालाई केन्द्रमा राखेर प्रभावकारीरुपमा सेवा प्रवाह गर्ने  बताएकी छन् ।

सिंहदरबारस्थित सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आज पदभार ग्रहण गर्दै उनले सहज र छरितो ढङ्गले जनतालाई सेवा दिनु नै आफ्नो पहिलो प्राथमिकता भएको उल्लेख गरिन् ।

मन्त्री अनितादेवीले सङ्घीयतालाई कायम राख्दै सुशासनयुक्त प्रभावकारी सेवा प्रवाह दिनेमा अग्रसर रहनेसमेत प्रतिबद्धता व्यक्त गर्नुभयो । आमनागरिकलाई सहज र सुलभ सेवा कसरी दिनेभन्ने बारेमा आफू सचेत रहेको उनको भनाइ छ ।

त्यस्तै निवर्तमान सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले नवनियुक्त मन्त्री साहलाई स्वागत गर्दै आफूले गर्न नसकेको काम पूरा गर्न सुझाव दिइन् ।

उनले भनिन्, “सङ्घीय निजामती सेवा ऐनदेखि संविधानले दिएको स्वायत्त क्षेत्र, विशेष क्षेत्र र संरक्षित क्षेत्रसम्बन्धी विधेयक अगाडि बढाउन सकिन नवनियुक्त मन्त्रीले यसलाई पूरा गर्ने विश्वास लिएको छु ।”

निवर्तमान मन्त्री मोदीले आफूलाई प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठकमा राम्रो काम गरेकामा धन्यवाद दिएको बताउँदै सुखद बिदाइ हुन पाएकामा खुसी व्यक्त गरे ।


प्रकाशित मिति: २९ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?