Trending
>>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान >>   अध्यादेशमार्फत मृत्यु घोषणा र दर्ताका लागि कानून संशोधन गर्दैछौँः कानूनमन्त्री गौतम >>   महामन्त्री पदका लागि सुनिल शर्माको उम्मेदवारी >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशनः नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता शुरु >>   वागमतीमा उज्यालो नेपाल पार्टीको सरकार बन्छ:कुलमान घिसिङ >>   ‘विपद् प्रभावित क्षेत्रमा तत्काल बेलीब्रिज र राहत प्याकेजको माग’ >>   राष्ट्र बैंकले विदेशी भुक्तानीको सीमा बढायो, के–केमा भयो परिवर्तन ? >>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

तस्करीको सुन जोख्ने काम सुरू, टक्सार महाशाखाले सुन निकाल्दै


२९ श्रावण, काठमाडाैँ । त्रिभुवन विमानस्थलबाट निकालिँदै गरेको अवस्थामा बरामद गरिएको तस्करीको सुन जोख्न सुरू गरिएको छ ।

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले सोमबारबाट सुन जोख्न सुरू गरेको हो । सुन जोख्नका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सोमबार नै पत्र पठाएको थियो ।

अहिले सुन निकाल्ने प्रक्रिया भइरहेको र त्यसपछि जोख्न सुरू गरिने जानकारी दिइएको छ ।

करीब एक महिना भइसक्दा पनि गत श्रावण २ गते बरामद गरिएको सुन जोखिएको थिएन । श्रावण २ गते ब्रेक शुमा लुकाएर ल्याइएको अवस्थामा काठमाडाैँको सिनामंगलबाट उक्त सुन बरामद भएको थियो ।


प्रकाशित मिति: २९ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?