Trending
>>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की >>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार
Logo
२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

अब फोन गर्न डाँडामा उक्लिनु पर्दैन


तुलसीपुर–१९ छिल्लीकोटका प्रविर पुनले फोन गर्न डाँडोमा पुग्नुपथ्र्यो । डाँडोमा पुग्दा पनि ‘नेटवर्क’ले राम्रोसँग काम गर्दैनथ्यो तर अहिले उहाँको मोबाइलमा ‘फोरजी’ चल्न थाल्यो । छिल्लीकोटमै बनेको टेलिकम टावर सञ्चालनमा आएपछि उहाँको मोबाइलमा फोरजी चल्न थालेको हो । “पहिले फोन गर्न नै डाँडोमा पुग्नुपथ्र्यो, प्रविधिको जमाना छ, नेट चलाउन पनि डाँडामै पुग्नु पथ्र्यो”, उहाँले भन्नुभयो, “डाँडोमा पुग्दा पनि राम्रोसँग नेट चल्दैनथ्यो, तर, अहिले यहीको टावर सञ्चालनमा आएपछि घरभित्रैबाट नेट चलाउन पाइएको छ ।” त्यस्तै सोही ठाउँका पूर्ण पुन पनि घरबाटै फोन गर्न पाउँदा निकै खुसी हुनुहुन्छ । उहाँले आफ्नै पहलमा टावर बनेको जनाउँदै टावर निर्माण भएपछि आफूहरुलाई निकै सहज भएको बताउनुभयो ।

“मेरै पहलमा टावर निर्माण भएको हो, अहिले यो टावर सञ्चालनमा आएको छ”, उहाँले भन्नुभयो, “टावर सञ्चालनमा आएपछि अहिले घरबाटै फोन गर्न सकिएको छ ।” छिल्लीकोट दाङको पर्यटकीय गन्तव्य पनि हो । त्यही फोनले काम नगर्दा समस्या हुने गरेको थियो । ‘एनसिएल’ले काम गर्ने गरेको भए पनि ‘एनटिसी’ले काम नगर्दा समस्या हुने गरेको थियो । अहिले उक्त टावरले ‘टुजी’ र ‘फोरजी’ सेवा प्रदान गर्दै आएको नेपाल टेलिकम तुलसीपुरका प्रमुख तिलक जिसीले बताउनुभयो । टावर सञ्चालन भएसँगै तुलसीपुरको छिल्लीकोटको कुटिचौर, सक्राम, ग्वारखोला आसपास, रोल्पाको रुन्टीगढी, डुब्रिङलगायतका स्थानमा फोन सेवाको पहुँच पुगेको छ । लामो समयको प्रयास पछि आइतबार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले टावरको शुभारम्भ गर्नुभएको हो । विद्युत् नपुग्दा त्यहाँ लामो समयदेखि टेलिकमको टावर निर्माण भए पनि सञ्चालनमा आउन सकेको थिएन । सो अवसरमा उहाँले टेलिकमको टावर नपुग्ने ठाउँमा टावर पुर्याएर सञ्चारको पहुँचमा हरेक नागरिकलाई ल्याउने बताउनुभयो । “अहिले पनि दाङको नाका क्षेत्र, विकट क्षेत्रमा अझै फोन सेवा सहज हुन सकेको छैन”, उहाँले भन्नुभयो, “ती ठाउँमा टावर पु¥याउने मेरो पहिलो काम हुनेछ ।” उहाँले ‘हाइवे’ क्षेत्रमा पनि नेटवर्कको समस्या हुँदा दुर्घटना भएको बेला उद्धारमा समस्या हुने गरेको जनाउँदै तत्काल हाइवेमा फोन सेवाको व्यवस्था मिलाउन टेलिकम कार्यालय प्रमुखलाई निर्देशन दिइसकेको बताउनुभयो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माले केही छिट्टै दाङको सैघामा निर्माण भएको टेलिकमको टावर पनि सञ्चालनमा ल्याइने जानकारी दिनुभयो । त्यहाँ टावर सञ्चालनमा आएपछि बङ्गलाचुलीलगायतका क्षेत्रमा सहज सञ्चारको पहुँच हुने बताइएको छ । टेलिकमले छिल्लीकोटसहितका क्षेत्रमा निःशुल्क सिम वितरण गरेको छ । प्रमुख जिसीका अनुसार नयाँ टावर निर्माण भएको स्थानमा नमस्तेको निःशुल्क सिम वितरण गरिएको हो । प्रत्येक नयाँ टावर निर्माण भएको स्थानमा पाँच सय नयाँ सिम वितरण गरिने र आवश्यकताअनुसार सिम थप गर्न सकिने उहाँले बताउनुभयो ।


प्रकाशित मिति: १ फाल्गुन २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?