Trending
>>   एनभिए भलिबलः महिलातर्फ पुलिस र न्यु डायमण्डले उपाधिका लागि प्रतिष्पर्धा गर्ने >>   महाधिवेशन प्रतिनिधिलाई महामन्त्री थापाले भने– पुसभित्र विषेश महाधिवेशन हुन्छ, काठमाडौंमा भेटौँला >>   महामन्त्रीद्वयको असन्तुष्टिबीच काँग्रेस केन्द्रिय कार्यसमितिको म्याद अगामी जेठ मसान्तसम्म थप >>   भोलिको सुरक्षित नेपाल आजका युवाबाट नै निर्माण हुन्छः गृहमन्त्री अर्याल >>   समानुपातिकतर्फ ५८ चुनाव चिन्हसहित मतपत्र छापिने >>   मुस्लिम आयोगका पूर्वअध्यक्ष अन्सारीको अध्यक्षतामा ‘राष्ट्र निर्माण दल’ घोषणा >>   जलविद्युत प्रभावित क्षेत्रलाई उचित क्षतिपूर्तिको व्यवस्थासहित कानून निर्माण हुन्छः कानूनमन्त्री सिन्हा >>   आयोगले निर्वाचनमा सूचना प्रविधिको प्रयोगमा प्रोत्साहन गर्ने नीति लिएको छः प्रवक्ता भट्टराई >>   स्थानीयको मागलाई बेवास्ता गरेर कुनैपनि विद्युत आयोजना अघि बढाइँदैनः मन्त्री घिसिङ >>   इक्यान सचिव पदका लागि सुरज सिलवालको उम्मेदवारी घोषणा
Logo
१८ पुष २०८२, शुक्रबार
१८ पुष २०८२, शुक्रबार

सडक विभागको प्रगति ७० प्रतिशत


२८ श्रावण, काठमाडाैँ । आर्थिक वर्ष २०७८/७९ मा सडक विभागको प्रगति ५८ प्रतिशत रहेकामा आव २०७९/८० मा ७० प्रतिशत भएको छ । अघिल्लो वर्षको तुलनामा गत आवमा प्रगति दर वृद्धि भए पनि अपेक्षा गरेअनुसार नभएको विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताउनुभयो ।

अन्तिम चौमासिकमा बजेट व्यवस्थापन हुन नसक्दा कामको प्रगति सोचेअनुरुप हुन नसकेको उनको भनाइ थियो । उनले भने, “विभागले ८० प्रतिशत प्रगति हुने अपेक्षा गरेको थियो । त्यस अनुसार काम हुन सकेन् ।”

वैदेशिक सहायताका आयोजनामा आवश्यकता भन्दा बढी स्रोत राख्ने गरिएकाले अन्य आयोजनाको तुलनामा कम प्रगति हुने गरेको महानिर्देशक ढकालले बताए । “सरकारले एक वर्षमा रकम विनियोजन गरेको आधारमा प्रगति मापन गरिन्छ”, उनले भने, “वैदेशिक सहायत र नेपाली गरी दुई किसिमको स्रोत विनियोजन भएका हुन्छन् । सोही अनुसार प्रगति पनि फरक हुन्छ ।”

बुटवाल–नारायणगढ सडकका लागि रू सात/आठ अर्बभन्दा बढी खर्च गर्न नसकिने जानकारी गराइएको जनाउँदै महानिर्देशक ढकालले उक्त आयोजनाका लागि १० अर्ब बढी रकम विनियोजना भएको बताए । “बुटवाल–नारायणगढ वैदेशिक आयोजना भएकाले बढी रकम विनियोजन भयो । जसले गर्दा कम प्रगति देखियो”, उनले भने ।

राष्ट्रिय गौरवका सडक आयोजनामा अघिल्ला वर्षको तुलनामा गत वर्ष बढी प्रगति भएको ढकालले बताए । उनका अनुसार उत्तर दक्षिण करिडोरअन्तर्गत कोशी, कर्णाली र कालीगण्डकी राजमार्ग पर्दछन् । कोशीमा ४२, कालीगण्डकीमा ४३ र कर्णालीमा २४ प्रतिशत भौतिक प्रगति भएको ढकालले जानकारी दिए । उनका अनुसार पुष्पलाल (मध्यपहाडी) मा ७२ र हुलाकी राजमार्गमा ९१ प्रतिशत प्रगति भएको थियो ।

झन्डै तीन आर्थिक वर्षमा कोभिडका कारण अपेक्षाकृत काम हुन नसकेको बताउँदै महानिर्देशक ढकालले अघिल्ला वर्षको तुलनामा गत आवमा सन्तोषजनक प्रगति भएको उल्लेख गरे । विभागले सङ्घीय सडक र त्यसअन्तर्गतका पुलको निर्माण तथा मर्मत गर्दै आएको छ ।


प्रकाशित मिति: २८ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?