Trending
>>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी >>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

राजनीतिमा प्रतिशोध साध्ने प्रवृत्ति राम्रो होइन : नेता कोइराला


 २७ श्रावण, काठमाडाैँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राजनीतिमा प्रतिशोध साध्ने प्रवृत्ति राम्रो नभएको  बताएका छन् । भक्तपुरको कौशलटारमा नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं २ ले आज यहाँ आयोजना गरेको क्षेत्रीय सभामा उनले राजनीतिमा हुने प्रतिशोधले व्यक्ति मात्रै नभई पार्टी र देशलाई नै क्षति पुर्याउने बताए ।

सुन काण्डका बारेमा बोल्दा सरकारले सांसद सुनिल शर्मामाथि प्रतिशोध साधेको नेता कोइरालाको आरोप थियो । प्रतिशोधको भावना सुरू भए राजनीति नै नरहने र त्यसले व्यक्ति, दल र देशलाई क्षति पुर्याउने उनको भनाइ थियो । राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण र अनुसन्धान विभाग प्रधानमन्त्रीको मातहतमा राख्न नहुने नेता कोइरालाले बताए ।

कार्यक्रममा कांग्रेसका बागमती प्रदेश सभापति इन्द्र बानियाँ, केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ, जिल्ला सभापति एवं प्रतिनिधिसभा सांसद दुर्लभ थापा, बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री,  कांग्रेस भक्तपुर क्षेत्र नं २ का सभापति ओम श्रेष्ठलगायतले कांग्रेसले जनतासँग भिज्दै विकासको लहर ल्याउनुपर्ने तथा पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा जोड दिए ।


प्रकाशित मिति: २७ श्रावण २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?