Trending
>>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी >>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

स्वच्छ वातावरणका लागि विद्युतीय सवारी साधनको प्रयोग बढाउनुपर्छ : उर्जामन्त्री बस्नेत


२७ श्रावण, काठमाडाैँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले स्वच्छ वातावरणका लागि विद्युतीय सवारी साधनको प्रयोग बढाउनुपर्ने बताएका छन् । नेपाल विद्युत् प्राधिकरणको ३८औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा आज यहाँ आयोजित कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले स्वच्छ वातावरणका लागि विद्युतीय सवारी साधनको प्रयोग आवश्यक भएको उल्लेख गरे ।

“विद्युतीकरणको माध्यमबाट देशको आर्थिक विकास र समुन्नति सम्भव छ”, मन्त्री बस्नेतले भने । विद्युतीकरणको माध्यमबाट देशको आर्थिक विकास, समुन्नति र स्वच्छ वातावरणको क्षेत्रमा प्राधिकरणले महत्वपूर्ण योगदान गरेको उनले उल्लेख गरे । विद्युत्को खपत बढाउन र विद्युतीय सवारी साधनको प्रयोग बढाउनका लागि विद्युतीय सामाग्रीको प्रचारप्रसारमा लाग्नुपर्ने मन्त्री बस्नेतको भनाइ थियो ।

प्राधिकरणले आगामी भदौ १ गते आफ्नो ३८औँ वार्षिकोत्सव मनाउँदै छ । वार्षिकोत्सवको अवसरमा प्राधिकरणले साताव्यापी विभिन्न कार्यक्रम आयोजना गरेको छ ।


प्रकाशित मिति: २७ श्रावण २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?