Trending
>>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा >>   आइजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौति–‘भाई दम छ भने पक्राउ गरेर देखाउ’ >>   बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो >>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

ललिता निवासको विषयमा थप छानबिन हुनुपर्छ, म तयार छु : बाबुराम भट्टराई


२७ श्रावण, सुर्खेत । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले ललिता निवासको सन्दर्भमा थप छानबिन हुनुपर्ने बताएका छन् । सङ्गठन निर्माण तथा विस्तार अभियानमा शनिबार सुर्खेतको वीरेन्द्रनगर पुगेका उनले पत्रकार मार्फत सो प्रकरणमा आफ्नो नाम पनि जोडिएको बताउँदै छानबिन गरौँ भनेर, आफू तयार रहेको बताएका हुन् ।

अध्यक्ष भट्टराईले देशमा भएका सबै खाले भ्रष्टाचारको छानबिन हुनुपर्ने तर्क राखे ।

‘‘ललिता निवासको विषयमा मेरो पालनामा सानो एउटा निर्णय भएको हो । ३/४ रोपनी जग्गाको विषय मेरो पालामा भएको हो ।,’’ उनले भने, ‘‘त्यो मेरो नियतबस् नभई मन्त्रिपरिषद्को निर्णय हो । म छानबिनका लागि तयार छु ।’’

साथै भट्टराईले सत्तामा हुँदा सबैले कुनै न कुनै ठाउँमा घोटाला गरेको बताए । त्यस्तै, उनले सत्ता परिवर्तनको खेल खेल्नुभन्दा संविधान नै संशोधन गर्नुपर्ने धारणा राखे ।

‘‘कुनै पनि दलको बहुमत नहुने, कसैले चाहे जतिबेला पनि गठबन्धन परिवर्तन हुने हुँदा हाम्रो निर्वाचन प्रणाली बदल्नुपर्छ ।’’ गठजोडको खेलमा लाग्नुभन्दा संविधान नै संशोधन गरौँ, निर्वाचन प्रणाली बदलौँ भन्ने हाम्रो आग्रह हो ।’’ उनले भने ।

उनले गणतन्त्रपछि भ्रष्टाचार घट्नुको साटो बढिरहेको बताउनुभयो । भ्रष्टाचारका घटनाहरू उच्चस्तरीय आयोगमार्फत छानबिन गरिनुपर्ने उनको तर्क छ । भट्टराईले अख्तियार निकै कमजोर भएको र त्यसको काम नभएको बताउनुहुँदै ललिता निवासको सन्दर्भमा थप छानबिन हुनुपर्ने जोड दिए ।


प्रकाशित मिति: २७ श्रावण २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?