Trending
>>   कतारले सन् २०२६ मा इजिप्टलाई २४ वटासम्म एलएनजीका खेप आपूर्ति गर्ने >>   भेनेजुएला विरुद्धको अमेरिकी आक्रामणको चौतर्फी निन्दा र विरोध >>   धनराज गुरुङको प्रश्नः सबै आ–आफ्नो बाटो हिँड्दा पार्टी कहाँ पुग्छ ? >>   गगन–विश्वप्रकाशलाई सहमहामन्त्री परियारको जवाफः ‘पार्टी व्यक्तिगत कम्पनी होइन, बहुमतको निर्णय मान्नैपर्छ’ >>   शेखर कोईरालाले विशेष महाविधेशन पक्षधरहरुसँग छलफल गर्ने >>   मामदानी न्युयोर्क शहरको पहिलो मुस्लिम मेयरको रूपमा शपथवद्ध >>   स्विट्जरल्याण्डको बारमा भीषण आगलागीः ४० जनाको मृत्यु, ११९ घाइते >>   डा. सुनिल शर्माले रतुवामाईको सामुदायिक विद्यालयमा ४ करोडको भवन निर्माण गरिदिने >>   काठमाडौं–२ बाट प्रतिनिधि सभा चुनाव लड्ने राप्रपा नेतृ कुन्ती पोखरेलको घोषणा >>   दक्षिण कोरियामा सवारी दुर्घटनाः १ जनालाई हृदयघात, ६ घाइते
Logo
२३ पुष २०८२, बुधबार
२३ पुष २०८२, बुधबार

ललिता निवासको विषयमा थप छानबिन हुनुपर्छ, म तयार छु : बाबुराम भट्टराई


२७ श्रावण, सुर्खेत । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले ललिता निवासको सन्दर्भमा थप छानबिन हुनुपर्ने बताएका छन् । सङ्गठन निर्माण तथा विस्तार अभियानमा शनिबार सुर्खेतको वीरेन्द्रनगर पुगेका उनले पत्रकार मार्फत सो प्रकरणमा आफ्नो नाम पनि जोडिएको बताउँदै छानबिन गरौँ भनेर, आफू तयार रहेको बताएका हुन् ।

अध्यक्ष भट्टराईले देशमा भएका सबै खाले भ्रष्टाचारको छानबिन हुनुपर्ने तर्क राखे ।

‘‘ललिता निवासको विषयमा मेरो पालनामा सानो एउटा निर्णय भएको हो । ३/४ रोपनी जग्गाको विषय मेरो पालामा भएको हो ।,’’ उनले भने, ‘‘त्यो मेरो नियतबस् नभई मन्त्रिपरिषद्को निर्णय हो । म छानबिनका लागि तयार छु ।’’

साथै भट्टराईले सत्तामा हुँदा सबैले कुनै न कुनै ठाउँमा घोटाला गरेको बताए । त्यस्तै, उनले सत्ता परिवर्तनको खेल खेल्नुभन्दा संविधान नै संशोधन गर्नुपर्ने धारणा राखे ।

‘‘कुनै पनि दलको बहुमत नहुने, कसैले चाहे जतिबेला पनि गठबन्धन परिवर्तन हुने हुँदा हाम्रो निर्वाचन प्रणाली बदल्नुपर्छ ।’’ गठजोडको खेलमा लाग्नुभन्दा संविधान नै संशोधन गरौँ, निर्वाचन प्रणाली बदलौँ भन्ने हाम्रो आग्रह हो ।’’ उनले भने ।

उनले गणतन्त्रपछि भ्रष्टाचार घट्नुको साटो बढिरहेको बताउनुभयो । भ्रष्टाचारका घटनाहरू उच्चस्तरीय आयोगमार्फत छानबिन गरिनुपर्ने उनको तर्क छ । भट्टराईले अख्तियार निकै कमजोर भएको र त्यसको काम नभएको बताउनुहुँदै ललिता निवासको सन्दर्भमा थप छानबिन हुनुपर्ने जोड दिए ।


प्रकाशित मिति: २७ श्रावण २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?