Trending
>>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

दीर्घकालीन विकासका लागि राष्ट्रिय सहमति आवश्यक ः राज्यमन्त्री श्रीपाली


संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपालीले देशमा दीर्घकालीन विकासका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ अर्घाखाँची शाखाले सन्धिखर्कमा शनिबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले सरकारले आर्थिक समृद्धि र सुशासनका लागि स्थायित्व दिने चाहेको छ भन्नुभयो ।

उहाँले भन्नुभयो “वर्तमान सत्ता गठबन्धन तत्काल नटुट्ने । बहुमतीय पक्षबाट अगाडि बढ्नका लागि पनि छलफलको सुरुआत भएको छ ।” नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्यसमेत रहनुभएकी राज्यममन्त्री श्रीपालीले जिल्लाको सन्धिखर्क नगगरपालिका–१० अर्घामा निर्माणाधीन अर्घा भगवती विमानस्थल सञ्चालन उच्च प्राथमिकता दिने जानकारी दिनुभयो । मुख्य पर्यटकीय क्षेत्र सुपादेउराली मन्दिरको पर्यटकीय क्षेत्रलाई सूचीकृत गरी पर्यटक भित्र्याउनका लागि पहल गर्ने उहाँले बताउनुभयो ।

उहाँले त्यस्तै सन्धिखर्क–७ खाँचीलगायतका क्षेत्रमा चुनढुङ्गा उत्खननले पारेको असरबारेमा सबै राजनीतिक दल र विज्ञसँग छलफल गर्ने बताउनुभयो ।


प्रकाशित मिति: २९ माघ २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?