Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

दीर्घकालीन विकासका लागि राष्ट्रिय सहमति आवश्यक ः राज्यमन्त्री श्रीपाली


संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपालीले देशमा दीर्घकालीन विकासका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ अर्घाखाँची शाखाले सन्धिखर्कमा शनिबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले सरकारले आर्थिक समृद्धि र सुशासनका लागि स्थायित्व दिने चाहेको छ भन्नुभयो ।

उहाँले भन्नुभयो “वर्तमान सत्ता गठबन्धन तत्काल नटुट्ने । बहुमतीय पक्षबाट अगाडि बढ्नका लागि पनि छलफलको सुरुआत भएको छ ।” नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्यसमेत रहनुभएकी राज्यममन्त्री श्रीपालीले जिल्लाको सन्धिखर्क नगगरपालिका–१० अर्घामा निर्माणाधीन अर्घा भगवती विमानस्थल सञ्चालन उच्च प्राथमिकता दिने जानकारी दिनुभयो । मुख्य पर्यटकीय क्षेत्र सुपादेउराली मन्दिरको पर्यटकीय क्षेत्रलाई सूचीकृत गरी पर्यटक भित्र्याउनका लागि पहल गर्ने उहाँले बताउनुभयो ।

उहाँले त्यस्तै सन्धिखर्क–७ खाँचीलगायतका क्षेत्रमा चुनढुङ्गा उत्खननले पारेको असरबारेमा सबै राजनीतिक दल र विज्ञसँग छलफल गर्ने बताउनुभयो ।


प्रकाशित मिति: २९ माघ २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?