Trending
>>   एनपिएल र नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु– शिखर धवन >>   बालाचतुर्दशीको पूर्वसन्ध्यामा दीप प्रज्वलन गर्दै भक्तजन >>   बुद्धका आचरण र दर्शनलाई आत्मसाथ गरेर समाजमा प्रश्तुत हुन प्रधानमन्त्रीको आग्रह >>   रेखाकुमारी मण्डलको हत्यामा संलग्न रहेको आशंकामा तीन पक्राउ >>   थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु, दश घाइते >>   भैरहवा विमानस्थल स्थायी सञ्चालनका लागि प्रदेश सरकारले पहल गर्छः मुख्यमन्त्री आचार्य >>   कुल गार्हस्थ्य उत्पादनमा पशुपालन क्षेत्रको योगदान महत्वपूर्णः कृषिमन्त्री अधिकारी >>   सरकारले शिक्षालाई उच्च प्राथमिकता दिन सकेको छैनः अध्यक्ष दाहाल >>   मलेसियाको पीपीआई अक्टोबरमा २.४ प्रतिशतले घट्यो >>   इजिप्ट र जोर्डनबीच क्षेत्रीय विकासबारे छलफल
Logo
१४ मंसिर २०८१, शुक्रबार
१४ मंसिर २०८१, शुक्रबार

सत्तापक्ष र प्रतिपक्षका सांसद बस्न नमानेपछि राष्ट्रियसभा बैठक स्थगित


२६ श्रावण, काठमाडाैँ । राष्ट्रियसभाको आजको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसद आसनबाट उभिराखेपछि बैठक स्थगित भएको छ ।

बैठकको प्रारम्भमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले समसामयिक विषयमा कुरा राख्न दलीय आधारमा सांसदलाई समय दिएका थिए । बैठकमा गङ्गाकुमारी बेल्वासेले लामो समयदेखि सदन अवरुद्ध हुँदा जनजीविकाका सवालमा कुरा राख्न नपाएको बताए । उनले मुलुकमा डेङ्गुको प्रकोप फैलिएको, लम्पी स्कीन रोगका कारण पशु मरिरहेका र बाढीपहिरोको समस्याले जनजीवन प्रभावित भएकोलगायतका विषयमा सरकारलाई ध्यानाकर्षण गराए ।

सांसद भगवती न्यौपानेले देशको रक्षा र सुशासन कायम गर्न बाध्यताले सदन अवरोध गर्नुपरेको उल्लेख गर्दै नेपाललाई तस्कारीको थलो बनाउन नहुने बताए । सरकार जनताप्रति संवेदनशील भएर सुन तस्करीको विषयमा उच्चस्तरीय छानबिन समिति बनाएर छानबिनको दायरामा ल्याउनुपर्ने उनको भनाइ थियो ।

सांसद जितेन्द्रनारायण देवले लामो समयदेखि संसद् अवरुद्ध गर्नु समस्याको समाधान नभएको उल्लेख गर्दै जनताले चाहेको सुशासन, भ्रष्टाचार न्यूनीकरण र विकास चाहना पूरा गर्नुपर्नेमा सबै लाग्नुपर्नेमा जोड दिए ।

सांसद राजेन्द्रलक्ष्मी गैरेले बजेट पास गरेपछि बनाउनुपर्ने कानुन बनाउनुपर्ने अवस्थामा सदन अवरुद्ध हुँदा आमनेपालीले खुसी नभएको उल्लेख गर्दै बाढी पीडितलाई राहत, क्षतिपूर्ति दिन आग्रह गरिन् ।

सांसद मोहम्मद खालिदले नेपाली जनता राजनीतिक दलका कारण निराश उत्पन्न भइरहेको हुँदा सदन अवरुद्ध गर्न नहुनेमा जोड दिए । सांसद तुलप्रसाद विश्वकर्माले मुलुकका अगाडि जनताका जनजीविकाको सवाल, बाढीपहिरोका कारण जनजीवन कष्टकार बन्दै गएको र त्यसप्रति सरकार गम्भीर हुनुपर्नेमा जोड दिए ।

सांसद डा विमला राई पौडेलले मन्त्रालयको नेतृत्वमा शङ्का उत्पन्न भएको हुनाले त्यही निकायले गरेको अनुसन्धान सत्यतथ्य होला त भन्ने प्रश्न भएकाले प्रतिपक्षले उच्चस्तरीय छानबिन समिति बनाउन माग गरेको स्पष्ट पारिन् । राष्ट्रियसभाको अर्को बैठक यही साउन ३१ गते १ बजे बस्नेछ ।


प्रकाशित मिति: २६ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?