Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

एकल महिला र उनीहरुका छोराछोरीलाई अर्बुद रोगको उपचारमा छुट दिइने


२४ ,श्रावण ,काठमाडौँ । एकल महिला र उनीहरुका १८ वर्षमुनिका छोराछोरीलाई अर्बुद रोगको उपचारमा ललितपुरको हरिसिद्धीस्थित ‘नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर’ले छुट दिने विषयमा सहमति भएको छ ।

उक्त विषयमा आज अस्पताल र मानवअधिकारका लागि महिला, एकल महिला समूहबीच समझादारी भएको छ । समूहको केन्द्रीय कार्यालय, छहारी भवन, बूढानीलकण्ठ–५ मा भएको कार्यक्रममा अस्पतालका अध्यक्ष डा सुदीप श्रेष्ठ र समूहका अध्यक्ष कविता पाँडेले सहमतिपत्रमा हस्ताक्षर गरे ।

सो समूहमा करिब ८० हजार सदस्य छन् । सम्झौताबमोजिम रेडियोलोजी, ल्याबोरोटरी, श्यया, स्वास्थ्य हेरचाह र निरोगी कार्यक्रममा १० प्रतिशत र रेडिएसन थेरापी र किमोका लागि पाँच प्रतिशत छुट दिइनेछ ।

नेपाल सरकारले जटिल रोगको शल्यक्रियाका लागि रु एक लाखसम्म अनुदान पनि दिँदै आएको छ । राष्ट्रिय मानवअधिकार आयोगका सदस्य एवं समूहका संस्थापक अध्यक्ष लिली थापाको उपस्थितिमा भएको कार्यक्रममा अस्पतालले अर्बुद रोगमा ‘वेलनेस प्याकेज’ अन्तर्गत समूहका सदस्यलाई उपचारमा छुट दिने अस्पतालका सञ्चालक सदस्य स्वरुपा श्रेष्ठले जानकारी दिए ।

उनले अर्बुद भएर निको भएकालाई देख्दा अरुलाई पनि उत्प्रेरणा हुने भएकाले यो रोग लाग्दैमा मरिँदैन भन्ने जागरण फैलाउन आग्रह गरे । बूढानीलकण्ठका प्रमुख मीठाराम अधिकारीले विपन्न, असहाय र गरिब परिवार र बिरामीलाई नगरपालिकाका तर्फबाट पनि स्वास्थ्य सेवामा विशेष सहयोगका कार्यक्रम राखिएको जानकारी दिए ।

कार्यक्रममा अर्बुद रोग लागेर निको भएकी एकल महिला प्रतिमा विष्टले सुरुमा रोग लागेका थाहा पाउँदा दुःख लागे पनि हाल आफू काममा निस्कन सक्ने भएको बताए ।


प्रकाशित मिति: २४ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?