Trending
>>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

जनताका आवश्यकताअनुसार विकासका काम गर्छु : मन्त्री पाण्डे


सहरी विकासमन्त्री विक्रम पाण्डेले जनताका आवश्यकताअनुसार विकासका काम गर्ने बताउनुभएको छ । भरतपुर महानगरपालिका–१५ स्थित आधारभूत विद्यालय सूर्यपुरको ५९औँ वार्षिकोत्सवलाई आज सम्बोधन गर्दै उहाँले जनताको विश्वास खेर जान नदिने गरी काम गर्ने उल्लेख गर्नुभयो ।

“आफ्नो कार्यकालमा जनता र राज्यको पक्षमा काम गर्छु”, उहाँले भन्नुभयो, “कसैलाई काखा र कसैलाई पाखा नगरी समान दृष्टिले विकासका योजना अघि बढाउँछु ।” फरक प्रसङ्गमा मन्त्री मन्त्री पाण्डेले सरकारी विद्यालयलाई निजीसँग प्रतिस्पर्धी बनाउने गरी काम गर्नुपर्ने समय आएको बताउनुभयो ।

यसका लागि फरक सोचका साथ विद्यालयलाई अघि बढाउनुपर्ने उहाँको भनाइ थियो । कार्यक्रममा बाग्मती प्रदेशसभा सदस्य गीता गुरुङ, वडाध्यक्ष श्रीकृष्ण देवकोटा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद लम्साललगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।


प्रकाशित मिति: २८ माघ २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?