Trending
>>   श्रद्धा, भक्ति र उल्लासपूर्ण रूपमा राम नवमी मनाइँदै >>   राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा बालेन्द्र साह चयन >>   एमाले वैचारिक रूपमा बिग्रेको छैन, सांगठनिक कमजोरी मात्र होः अध्यक्ष ओली >>   जेन–जी आन्दोलनको प्रतिवेदन प्रथम दृष्टिमै अपूर्ण र अधुरोः काँग्रेस >>   जाँदा जाँदै गृहमन्त्री अर्यालले भनेः ‘संविधान सही बाटोमा फर्कियो’ >>   प्रश्न गरेर सरकारलाई सहयोग गर्छौंः हर्कराज राई >>   काठमाडौं महानगर र त्रिवि कानून संकायबीच कानून तर्जुमा र परिमार्जनमा सहकार्य गर्ने समझदारी >>   नवनिर्वाचित सांसदहरुले लिए पद तथा गोपनीयताको शपथ >>   कानून मन्त्रालयमा फाईल अड्किने गरेको गुनासो छ, कार्यतालिका बनाएर काम गर्नूस्ः मन्त्री सिन्हा >>   डिजिटलाइजेशनमार्फत संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राख्छौँः रास्वपा सांसद झा
Logo
१३ चैत्र २०८२, शुक्रबार
१३ चैत्र २०८२, शुक्रबार

तोकियो काठमाडौँ महानगरको छात्रवृत्तिको परीक्षा केन्द्र,अनलाइन प्रवेश पत्र कसरी लिने?


१८ साउन, काठमाडौं । काठमाडौँ महानगरपालिकाका कक्षा ११ को छात्रवृत्तिका आवेदक विद्यार्थीहरुलाई परीक्षा लिन १५ वटा परीक्षा केन्द्र तोकिएका छन् । भानु मा. वि. पानीपोखरी, विश्व निकेतन मा. वि. त्रिपुरेश्वर, ज्ञानोदय मा. वि. बाफल, जनप्रभात मा. वि., कालीमाटी, जनकल्याण मा. वि. बौद्ध, कन्या विद्या मन्दिर क्षेत्रपाटी, कुलेश्वर मा. वि. कुलेश्वरमा केन्द्र तोकिएको छ । यस्तै पद्मकन्या विद्याश्रम मा. वि., डिल्लीबजार, पद्मोदय मा. वि. रामशाहपथ, पशुपति मित्र मा. वि. चावहिल, रत्नराज्य मा. वि. बानेश्वर, सहिद शुक्र मा. वि. बागबजार, संस्कृति मा. वि. रानीपोखरी, शान्ति शिक्षा मन्दिर मा. वि. ठँहिटी, सिद्धेश्वर मा. वि. शान्तिनगर हुन् ।

परीक्षा दिने विद्यार्थीको संख्या ६ हजार १७ जना छ । यसमध्ये सबैभन्दा धेरै विज्ञान विषयका लागि ४ हजार १५५ जना छन् । त्यसपछि व्यवस्थापनमा १ हजार ४८४ जना र प्राविधिक विषयका लागि २४५ जना छन् ।

सबैभन्दा थोरै मानविकी विषयका लागि १८ जना छन् । शिक्षा विषयका लागि २६ जना र कानुन विषयका लागि ८९ जना विद्यार्थी छन् । यी ३ वटै विषयका विद्यार्थीहरुको परीक्षा केन्द्र कुलेश्वर मा. वि., कुलेश्वरमा राखिएको छ ।

साउन २० गते शनिवार बिहान ११ बजेदेखि सञ्चालन हुने परीक्षाका लागि आजदेखि विद्यार्थीहरुले प्रवेश पत्र लिन सक्नेछन् ।

प्रवेश पत्र कसरी लिने

http://entrance.kathmandu.gov.np/ गएपछि Check Your Status लेखिएको ठाउँ भेटिन्छ । यसमा थिचेपछि केही विवरण भर्ने फारामको पेज आउँछ । यसमा लेभल, विषय (प्रोग्राम), एसईईमा प्राप्त गरेको जीपीए, जन्म मिति र एसईईको सिम्बोल नम्बर भरेपछि प्रवेश पत्रको पेज खुल्छ । प्रवेश पत्रमा विद्यार्थीको परीक्षा केन्द्र, विद्यार्थीले उत्तर कसरी लेख्नेलगायत विवरण छन् । यसलाई डाउनलोड गरेर परीक्षा दिन आउँदा यही प्रवेश पत्र लिएर आउनु पर्नेछ ।

परीक्षामा कक्षा १० को पाठ्यक्रममा आधारित अनिवार्य गणित, विज्ञान, अंग्रेजी विषयबाट ३०/३० प्रश्न र सामान्य ज्ञानबाट १० वटा प्रश्न सोधिनेछन् । उत्तीर्ण हुन न्युनतम ४० प्रतिशत अङ्क प्राप्त गर्नुपर्छ । गलत उत्तरका लागि नेगेटिभ मार्किङ (नेगेटिभ मार्किङ्) हुँदैन ।


प्रकाशित मिति: १८ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?