Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

विद्यालय पाठ्यक्रममा प्रविधिको प्रयोग बढाउने गरी विधेयकमा लेखौँः चन्द्र भण्डारी


काठमाडौँ। नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले विद्यालय पाठ्यक्रममा प्रविधिको प्रयोग बढाउनेबारे आवश्यक विषय समेटिनुपर्ने बताएका छन् ।

बिहीवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले शिक्षकहरुले अहिले सरुवाको दफामा शिक्षकहरुले आपत्ति जनाएको भन्दै खालि ठाउँमा सरुवा भएर जान पाइने कुरा स्पष्टसँग लेखिनुपर्ने बताएका छन् । उनले पाठ्यक्रममा प्रविधिको कुराहरु जोडिनु अपरिहार्य रहेको बताए। प्राध्यापकहरुलाई राजनीति नगर्ने, आफ्नो पेशागत संघसंस्थामा आवद्ध हुन नपाउने, विद्यालयमै केन्द्रित हुने कुरा उल्लेख गरिएको भन्दै प्राध्यापकहरुलाई कुनै नयाँ संघसंगठन खोल्न पनि नदिइने कुरा लेखिनुपर्ने बताएका छन् ।

उनले भने, ‘शिक्षकहरुले अहिले सरुवाको दफामा हामीलाई प्रदेश, जिल्ला, गाउँमा एक पटक अवसर दिइयोस् । हामी खालि भएको ठाउँमा जान पाइयोस् भन्नुभएको छ । जिल्ला, प्रदेश र गाउँको शिक्षकहरुले भन्नुभएको छ । यस्तो कुरा बुझिने गरी राखौँ । अब म कहिले पनि सरुवा हुन पाइँन भन्ने मान्छेलाई फाइदा गर्दछ । हामीले पाठ्यक्रममा अहिले अहिले जसरी भएपनि नयाँ प्रविधिको विकास भएको कुरा महशुस गर्नुपर्दछ । हाम्रो पाठ्यक्रममा विश्वव्यापीकरणको प्रविधिको कुरा अवलम्वन गर्नेकुरा राख्नुपर्छ । प्राध्यापकहरुलाई राजनीति नगर्ने, आफ्नो पेशागत संघसंस्थामा आवद्ध हुन नपाउने, विद्यालयमै केन्द्रित हुने भनिएको छ, प्राध्यापकहरुले अर्को संगठन पनि खोल्न नपाउने लेख्नुपर्छ । कि त संघसंस्थामा आवद्ध हुन दिनुपर्छ । नत्र भने संघसंगठन खोल्न नदिने कुरा लेख्नुपर्छ ।’

समितिको बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० सम्बन्धी समितिको प्रतिवेदन माथि छलफल जारी छ ।


प्रकाशित मिति: ५ भाद्र २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?