Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

शिक्षा विधेयकमा देशकै चासो छ, छिटो टुंग्याउनुपर्छः सांसद हजारा


काठमाडौँ। नेकपा एमाले सांसद प्रभु हजाराले विद्यालय शिक्षा विधेयकमा अहिले देशकै नजर रहेको भन्दै यसलाई छिटो भन्दा छिटो पारित गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

बिहीवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले विद्यालय शिक्षा विधेयक हामीले ५२ वर्षपछि समितिमा छलफलमा आएको भन्दै घनिभुत छलफल गरेर अघि बढाइएको बताएका छन् । उनले विधेयकको अन्तिम चरणमा पुगेको भन्दै सबैको चासो भएकाले पनि विधेयक छिटो टुंग्याउनुपर्ने बताए ।

उनले भने, ‘विद्यालय शिक्षा विधेयक हामीले ५२ वर्षपछि हाम्रो समितिमा आइसकेपछि घनिभुत ढंगले छलफल गरेका छौँ । हामी अन्तिम चरणमा पुगेका छौँ । विभिन्न सरोकारवालाहरुको यस विधेयकमा चासो थियो । देशकै नजर शिक्षा विधेयकमा रहेको छ । प्रारम्भिक बालविकास परिषद् सम्बन्धी २ को २१ मा १२ कक्षा भनेका छौँ त्यो भन्दा १० भन्दा नै सुहाउँछ । विद्यालय व्यवस्थापन समिति भनिएको छ, महिला र दलितलाई भनिएको थियो, यहाँ दलित शब्द छुटेको छ । समावेशी मात्रै भनेपछि समस्या आउँछ । शब्द नै आउनुपर्छ । आवासीय छात्रावृत्तिको कुरा आएको छ ।’

सांसद हजाराले विधेयकलाई छिटो टुंग्याउनुपर्ने जरुरी भइसकेको बताएका छन् ।


प्रकाशित मिति: ५ भाद्र २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?