Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

शिक्षा विधेयकमा देशकै चासो छ, छिटो टुंग्याउनुपर्छः सांसद हजारा


काठमाडौँ। नेकपा एमाले सांसद प्रभु हजाराले विद्यालय शिक्षा विधेयकमा अहिले देशकै नजर रहेको भन्दै यसलाई छिटो भन्दा छिटो पारित गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

बिहीवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले विद्यालय शिक्षा विधेयक हामीले ५२ वर्षपछि समितिमा छलफलमा आएको भन्दै घनिभुत छलफल गरेर अघि बढाइएको बताएका छन् । उनले विधेयकको अन्तिम चरणमा पुगेको भन्दै सबैको चासो भएकाले पनि विधेयक छिटो टुंग्याउनुपर्ने बताए ।

उनले भने, ‘विद्यालय शिक्षा विधेयक हामीले ५२ वर्षपछि हाम्रो समितिमा आइसकेपछि घनिभुत ढंगले छलफल गरेका छौँ । हामी अन्तिम चरणमा पुगेका छौँ । विभिन्न सरोकारवालाहरुको यस विधेयकमा चासो थियो । देशकै नजर शिक्षा विधेयकमा रहेको छ । प्रारम्भिक बालविकास परिषद् सम्बन्धी २ को २१ मा १२ कक्षा भनेका छौँ त्यो भन्दा १० भन्दा नै सुहाउँछ । विद्यालय व्यवस्थापन समिति भनिएको छ, महिला र दलितलाई भनिएको थियो, यहाँ दलित शब्द छुटेको छ । समावेशी मात्रै भनेपछि समस्या आउँछ । शब्द नै आउनुपर्छ । आवासीय छात्रावृत्तिको कुरा आएको छ ।’

सांसद हजाराले विधेयकलाई छिटो टुंग्याउनुपर्ने जरुरी भइसकेको बताएका छन् ।


प्रकाशित मिति: ५ भाद्र २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?