Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

सत्य निरुपणसहित दुई संशोधन विधेयक शीघ्र पारित गर्नुपर्छ : नेपाली कांग्रेस


१७ ,श्रावण ,काठमाडौँ । नेपाली कांग्रेसले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन आयोगको संशोधन विधेयक शीघ्र पारित गर्नुपर्नेमा जोड दिएको छ ।

पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको उपस्थितिमा पदाधिकारी र पूर्वपदाधिकारीसहितको हिजो बसेको बैठकले सो विधेयक संसद्बाट शीघ्र पारित गर्नुपर्ने निष्कर्ष निकालेको कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

बैठकमा सो विधेयकका सम्बन्धमा संसदीय प्रक्रियामा भएको प्रगतिबारे प्रमुख सचेतक रमेश लेखकले जानकारी गराएका थिए । कांग्रेसले सो विधेयक पीडितलाई स्वीकार हुने, अन्तर्राष्ट्रिय समुदायले मान्यता दिने, यस सम्बन्धमा सर्वाेच्च अदालतको आदेशअनुसारको र दलहरूबीच पनि सर्वसम्मत हुनुपर्ने भनी निष्कर्ष निकालेको छ ।

बैठकमा प्रमुख सचेतक लेखकले उपरोक्त विषयमा लगभग सहमतिको नजिक पुगेको जानकारी गराएपछि संसद्मा यथाशीघ्र पारित गर्ने वातावरण बनाउन पार्टीका तर्फबाट सभापति देउवा र प्रमुख सचेतकले पहल गर्ने निष्कर्ष बैठकले गरेको थियो ।


प्रकाशित मिति: १७ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?