Trending
>>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’ >>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

सत्य निरुपणसहित दुई संशोधन विधेयक शीघ्र पारित गर्नुपर्छ : नेपाली कांग्रेस


१७ ,श्रावण ,काठमाडौँ । नेपाली कांग्रेसले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन आयोगको संशोधन विधेयक शीघ्र पारित गर्नुपर्नेमा जोड दिएको छ ।

पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको उपस्थितिमा पदाधिकारी र पूर्वपदाधिकारीसहितको हिजो बसेको बैठकले सो विधेयक संसद्बाट शीघ्र पारित गर्नुपर्ने निष्कर्ष निकालेको कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

बैठकमा सो विधेयकका सम्बन्धमा संसदीय प्रक्रियामा भएको प्रगतिबारे प्रमुख सचेतक रमेश लेखकले जानकारी गराएका थिए । कांग्रेसले सो विधेयक पीडितलाई स्वीकार हुने, अन्तर्राष्ट्रिय समुदायले मान्यता दिने, यस सम्बन्धमा सर्वाेच्च अदालतको आदेशअनुसारको र दलहरूबीच पनि सर्वसम्मत हुनुपर्ने भनी निष्कर्ष निकालेको छ ।

बैठकमा प्रमुख सचेतक लेखकले उपरोक्त विषयमा लगभग सहमतिको नजिक पुगेको जानकारी गराएपछि संसद्मा यथाशीघ्र पारित गर्ने वातावरण बनाउन पार्टीका तर्फबाट सभापति देउवा र प्रमुख सचेतकले पहल गर्ने निष्कर्ष बैठकले गरेको थियो ।


प्रकाशित मिति: १७ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?