Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
११ माघ २०८२, आईतवार
११ माघ २०८२, आईतवार

स्वास्थ्य चौकीमा ‘अल्ट्रासाउन्ड’ सेवा


रुपन्देहीको सियारी गाउँपालिकास्थित छपिया स्वास्थ्य चौकीमा ‘अल्ट्रासाउण्ड’ सेवा सुरु भएको छ । गर्भवती, शिशु तथा अन्य बिरामीको स्वास्थ्य परीक्षणका लागि अल्ट्रासाउण्ड सेवा सुरु गरिएको हो ।

लुम्बिनी प्रदेश सरकारले अल्ट्रासाउन्ड मेसिन उपलब्ध गराएको हो । अल्ट्रासाउण्ड सञ्चालनका लागि प्रदेश तालिम केन्द्रले सियारी गाउँपालिकालाई छनोट गरी तालिम दिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बुद्धिबहादुर घर्तीले जानकारी दिनुभयो । मेसिन गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले आज एक कार्यक्रमका बीच सियारी–४ का वडाध्यक्ष श्रीराम यादवलाई प्रदान गर्नुभयो । छपियामा जडान गरिएको उक्त अल्ट्रासाउण्डले पालिकाभित्रका सम्पूर्ण स्वास्थ्य संस्थामा घुम्ती सेवाका रुपमा सेवा प्रदान गर्ने स्वास्थ्य निरीक्षक ललिता पुनले जानकारी दिनुभयो ।

सियारीमा पाँच वटा स्वास्थ्यचौकी, दुई वटा आधारभूत स्वास्थ्य चौकी, एउटा सामुदायिक स्वास्थ्य केन्द्र र एउटा आयुर्वेदिक स्वास्थ्य संस्था छन् ।


प्रकाशित मिति: २५ माघ २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?