Trending
>>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा >>   आइजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौति–‘भाई दम छ भने पक्राउ गरेर देखाउ’ >>   बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो >>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

बाघ संरक्षण पर्यटन प्रवर्द्धन र आर्थिक विकासका लागि महत्वपूर्ण : राष्ट्रपति


१३ ,श्रावण ,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बाघको संरक्षण नेपालको पर्यटन प्रवर्द्धन र आर्थिक विकासका लागि महत्वपूर्ण हुने बताएका छन् ।

विश्व बाघ दिवस, २०२३ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले उक्त तथ्यलाई मनन गरी बाघ संरक्षणको दिगो व्यवस्थापनमा खटिन सम्बद्ध निकाय, जनसमुदाय र संरक्षणकर्मीलाई आह्वान गरेका छन् । “बाघको संरक्षणमा नेपालले संसारमा नै नेतृत्वदायी भूमिका निर्वाह गरेको हुँदा बाघ जोगाउन अथक प्रयास गर्ने संरक्षणकर्मी, सुरक्षाकर्मी, जनसहभागितामा जुट्ने स्थानीय बासिन्दा, सञ्चारकर्मी एवं सहयोगी संस्थालाई विशेष धन्यवाद दिन चाहन्छु”, उनले भनेका छन् ।

बाघको चोरी शिकारी तथा बाघका अङ्गको अवैध व्यापार गर्ने ध्येयले गरिने आखेटोपहार ओसारपसार नियन्त्रणका लागि नेपालका सम्बद्ध निकायले निर्वाह गरेको भूमिकाले विश्वव्यापी बाघ संरक्षणको अभियानमा पुगेको पहलकदमी सार्थक भएको उनको भनाइ छ । “राष्ट्रिय निकुञ्ज तथा वन्यजन्यु आरक्ष क्षेत्रको विकासले बाघको बासस्थानलाई सुरक्षित बनाउन टेवा पुगेको छ । बाघ र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्न र स्थानीय बासिन्दाको वन पैदावारमाथिको निर्भरता कम गर्न जीविकोपार्जनका वैकल्पिक कार्यक्रम सञ्चालनका लागि विशेष पहल गर्नु अत्यावश्यक छ”, राष्ट्रपति पौडेलले भनेका छन् ।

सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा सम्पन्न विश्व बाघ सम्मेलनले हरेक वर्ष २९ जुलाईका दिनलाई अन्तर्राष्ट्रिय बाघ दिवस मनाउने घोषणा गरेअनुरुप आज नेपालमा पनि यो दिवस मनाउन लागिएको हो । यसै सन्दर्भमा नेपालले पनि उक्त प्रतिबद्धताअनुरुप बाघको सङ्ख्या करिब तेब्बर वृद्धि गरी सन् २०२२ मा रुसकै भ्लादिभोस्तोक सहरमा भएको दोस्रो बाघ सम्मेलनमार्फत आफ्नो मुलुकको उपलब्धि अन्तर्राष्ट्रिय जगतमा प्रस्तुत गरेकोमा उहाँले खुसी व्यक्त गरेका छन्

। “बाघ संरक्षणका लागि भएका प्रयासका उपलब्धीस्वरुप नेपालमा बाघको सङ्ख्या वृद्धि हुँदै गएकोमा संरक्षणकर्मीको मनोबल र हौसलाले उचाइ लिएको सहजै अनुमान लगाउन सकिन्छ । समुदाय र बस्तीस्तर विशेष गरी मध्यवर्ती क्षेत्रका मानिसमा बाघको महत्व, बाघ र मानवको द्व्रन्द्व कम गर्ने उपायका विषयमा ज्ञानको बिस्तार गरी संरक्षणलाई निरन्तरता दिनु आवश्यक छ”, उनले भने ।


प्रकाशित मिति: १३ श्रावण २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?