Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

पवित्र देवभूमि हो नेपाल : मन्त्री पाण्डे


सहरी विकासमन्त्री विक्रम पाण्डेले नेपाल पवित्र देवभूमि भएको बताउनुभएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१० स्थित श्रीसिद्धिदात्री दुर्गा मन्दिर कोटिहोम आश्रममा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञको आज उद्घाटन गर्दै मन्त्री पाण्डेले देवभूमिमा शान्ति र विकासको कामना गर्नुभएको हो । “नेपालमा धेरै अप्ठ्यारा परिस्थिति आउँदै गरेका छन्”, उहाँले भन्नुभयो, “यस प्रकार गरिने यज्ञले त्यस्ता परिस्थितिबाट यो देशलाई मुक्त बनाएर नेपाली जनता अगाडि बढ्न सकुन् भन्ने यो यज्ञमा आशिर्वाद माग्दछु ।”

नेपालको सांस्कृतिक पहिचान भनेकै धर्म भएकाले धर्मको रक्षाका लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो । देशमा विभिन्न उतारचढाव हुँदा पनि धार्मिक गुरु र धार्मिक सोच भएका व्यक्तिले सञ्चालन गरेका यज्ञलाई सफल बनाउनुपर्ने उहाँको भनाइ छ । राष्ट्रगुरु योगी नरहरिनाथले विश्वशान्ति हेतु विसं २०४५ मा कोटिहोम महायज्ञ लगाएको यस पवित्रस्थलमा विभिन्न जातजातिका २४ बटुकलाई अध्ययन गराइँदै आएको आश्रमका पीठाधीश योगी खेचरनाथले बताउनुभयो । करिब १० बिघा क्षेत्रफलमा फैलिएको कोटिहोममा आश्रमले गुरुकूलीय पद्धतिद्वारा व्यावहारिक एवं जीवनोपयोगी संस्कृत शिक्षाको पठनपाठन गर्ने गराउने व्यवस्था मिलाउँदै आएको उहाँले बताउनुभयो । श्रीसिद्धिदात्री दुर्गा मन्दिर कोटीहोम आश्रमले आश्रमस्थलको बृहत् गुरुयोजनाअनुसार समावेशी गुरुकूल विद्यापीठ भवन, अतिथि सत्कार भवन, गुरु गोरखनाथ मन्दिर, गौशालालगायत विविध भौतिक संरचनाको निर्माणका लागि महायज्ञ सञ्चालन गरेको आयोजक समितिका संयोजक राजेन्द्रप्रसाद कँडेलले बताउनुभयो ।

महोत्सवमा रु पाँच करोडसम्म आम्दानी तथा रु ८० लाख खर्चको अनुमान गरिएको कँडेलको भनाइ छ । यहाँ श्री योगी नरहरिनाथ आध्यात्म विज्ञान गीता पाठशाला (योगी नरहरिनाथ संस्कृत विद्यापिठम्) मा छ शिल्पकारसहित मगर, चेपाङ, तामाङ, माझी, ठकुरी, क्षेत्री समुदायका २४ बटुक अध्ययनरत छन् । आवासीय रूपमा उनीहरूलाई संस्कृत शिक्षा र आधुनिक शिक्षाको समन्वयात्मक शिक्षा निःशुल्क रूपमा प्रदान गरिएको छ ।


प्रकाशित मिति: २३ माघ २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?