Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

स्वास्थ्यसँग सम्बन्धित चश्मा आयातमा भन्सार छुट हुनुपर्छः चश्मा व्यवसायी


काठमाडौँ। करमार्फत राज्यको अर्थतन्त्रमा ठूलो हिस्सा ओगटेको चश्मा व्यवसायलाई राज्यले योजना बनाएर बजेटको व्यवस्था गर्नुपर्ने चश्मा व्यवसायीहरुले बताएका छन् ।

काठमाडौंमा जारी अप्टिकल एक्स्पोमा व्यवसायीहरुले चश्मा व्यवसायीको हकहितका लागि काम गर्नु सरकारको दायित्व भएको बताएका हुन् । एक्स्पोमार्फत आएको परिणामले भविष्यमा यस्ता कार्यक्रम गर्न थप हौसला मिलेको उनीहरुको भनाइ छ । आयातकर्ता र खुद्रा विक्रेतालाई जोड्ने काम गर्ने प्रदर्शनीमा खुद्रा चश्मा पसलमा आवश्यक सम्पूर्ण सामानहरु उपलब्ध हुने व्यवसायीको भनाइ छ । प्रदर्शनी पहिलो पटक आयोजना गरिएको भएपनि ग्राहकको उपस्थितिले उत्साह थपिएको व्यवसायीले बताएका छन् ।

अप्टिकल एशोसिएशन व्यवसायी सङ्घका सहसचिव देवेन्द्र मास्केले नेपालको अर्थतन्त्रमा चश्मा व्यवसायले ठूलो हिस्सा ओगटेको बताए । मानव शरीरको महत्वपूर्ण र संवेदनशील अंग आँखाको क्षेत्रमा काम गर्ने चश्मा व्यवसायीलाई व्यवसायको संरक्षण र प्रवद्र्धन गर्न प्रदर्शनीले महत्वपूर्ण भुमिका खेल्ने बताएका छन् । प्रदर्शनीमा देखिएको भीडले प्रदर्शनीको उद्देश्य पूरा भएको देखाउने उनको भनाइ छ । उनले चश्मा व्यवसायीलाई राज्यले तालिमको व्यवस्था गर्नुपर्ने बताए ।

चश्मा व्यवासायी होलसेल सङ्घका महासचिव छविलाल तिमल्सिनाले चश्मा व्यवसायीका समस्यामा सरकारले ध्यान दिनुपर्ने बताउदै उनले चश्माको आयातमा अत्याधिक कर लगाइएकाले सरकारले त्यसमा पुनर्विचार गर्नुपर्ने बताएका छन् । कर तिर्दा पनि कतिपय अवस्थामा व्यवसायीहरुले दुःख पाएको उनको गुनासो छ । चश्मा व्यवसाय मान्छेको स्वास्थ्यसँग सम्बन्धित भएकाले आयातमा भन्सार छुट गर्नुपर्ने उनको माग छ ।

वैशाख ५ गतेदेखि शुरु भएको प्रदर्शनी वैशाख ७ गतेसम्म जारी रहने आयोजकको भनाइ छ ।


प्रकाशित मिति: ७ बैशाख २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?