१ ,श्रावण ,काठमाडौँ । नेप्से परिसूचक ४७.०७ अंकले बढेर २१४४.१६ बिन्दुमा कायम भएको छ । यसदिन बजारमा ७६ लाख ३४ हजार १९० कित्ता सेयरको खरिदबिक्री हुदा २ अर्ब ५६ करोड १ लाख ९१ हजार २८८ रुपैयाँको कारोबार भएको छ।
कारोबारका आधारमा शिभम सिमेन्टस १४ करोड ८६ लाख १९ हजार ४५५ रुपैयाँको कारोबारका साथ शिर्ष स्थानमा रहेको छ । उपसमूहतर्फ रहने १३ वटा समूहमा एक समूह बाहेक बाकि १२ वटै समूहको सेयर मुल्य बढेको छ ।
प्रकाशित मिति: १ श्रावण २०८०, सोमबार