Trending
>>   चाँदी आयातमा डलर सटहीको सीमा बढ्यो, अब प्रतिपटक पाँच लाख डलर साट्न पाइने >>   कैलालीमा खुटिया खोलामा डुबेर बालकको मृत्यु >>   तरुण दलले सार्वजनिक गर्‍यो पाँचौ महाधिवेशनको कार्यतालिका >>   बूढानीलकण्ठमा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुईको मृत्यु, तीन घाइते >>   आइटी दैनिक जनजीवनका लागि अपरिहार्यः प्रधानमन्त्री ओली >>   आज मिति २०८२ साल भदौ ०२ गते सोमबार,हेर्नूहोस् आजको राशिफल >>   पल्सर स्पोर्ट्स अवार्ड, २०८१ को पिपल्स च्वाइसको मनोनयनमा पाँच खेल विधाका खेलाडी >>   दुर्गममा काज खटाउँदा जान नमान्ने कर्मचारीको नाम सार्वजनिक गर्छौंः मन्त्री न्यौपाने >>   ५९ वटा स्थानीय तहले समयमा नै बजेट ल्याउन सकेनन् >>   प्रधानमन्त्रीको प्रतिवद्धताः प्रतिगमनकारी कुनै कानूनको मस्यौदा संसदमा पठाउँदैनौँ
Logo
१ भाद्र २०८२, सोमबार
१ भाद्र २०८२, सोमबार

आज मिति २०८० साल असार २४ गते आइतबार, हेर्नुहोस् आजको राशीफल


आज मिति २०८० साल असार २४ गते आइतबार । आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

मेष – समय तथा परिस्थितीको राम्रोसँग अध्ययन गरेर मात्र कुनै पनि कामको थालनी गर्नुहोला, कामहरु बिग्रने अधिक सम्भावना रहेको छ। आफन्त तथा आफूले मन पराएको मानिससँग दुरी बढ्ने योग रहेको छ। अध्ययनमा मन नजाँदा गुरुवर्ग तथा आफन्तको गाली खाईनेछ। भौतिक सम्पती तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला, समय मध्ययम रहेको छ।

वृष – पढाइ लेखाइमा तपाईंको नाम अग्र स्थानमा आउनेछ। माता पिताको सहयोगले राम्रा काम गरी समाजमा नाम तथा दाम दुबै कमाउन सकिनेछ। औषधीजन्य तथा खाद्यान्नसँग सम्बन्धित सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दी आउने तथा घाटा लाग्नेछ। सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत् आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ।

मिथुन – मायाप्रेम तथा पति पत्नी बीचको सम्बन्धमा विश्वासको वातावरण मजबुत भएर जानेछ। पारिवारिक माहोलमा दिन बित्न तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ। विद्या तथा प्रतिस्पर्धामा अरुलाई पछि पारी आफू अगाडी बढ्ने समय रहेको छ भने प्रविधिको प्रयोग गरी निरन्तरता दिन सकिनेछ। व्यापार व्यावसायमा मन्दी आउने तथा आम्दानी घट्नेछ।

कर्कट – वादविवाद तथा प्रतिस्पर्धामा तपाईंको जित निश्चित हुनेछ। मुद्दा मामिलामा तथा न्यायलयबाट हुने निर्णयहरु तपाईंकै पक्षमा हुनेछन्। मायाप्रेम तथा दाम्पत्य जीवनको गाँठो झन् मजबुत भएर जानेछ। कुरा काट्नेहरु प्रशंसा गर्दै हिँड्नेछन्। पुरानो रोग निको भएर जाने तथा पुराना समस्या हल भएर जानेछ। खोजमुलक क्षेत्रमा रुची बढ्नेछ। मावली पक्षबाट तपाईंको काममा सहयोग हुनेछ।

सिंह – दाजुभाइ तथा छिमेकीबाट तपाईंले सुरु गरेको काममा सहयोग तथा समर्थन हुने हुँदा मन प्रशन्न हुनेछ। मायाप्रेममा एक अर्काको भावना बुझ्न सकिने हुँदा थप प्रगाढता बढेर जानेछ। पढाईलेखाई प्रगतीकै बाटोमा अगाडी बढ्ने योग रहेको छ। सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत् आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ।

कन्या – राजनीतिकर्मी तथा समाजसेवीहरुले जनताको काम गर्न सक्दामात्र मान सम्मान इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ। खोज तथा अनुसन्धानमा उपलब्धीमुलक नतिजा नआए पनि आगामी दिनहरुमा काम गर्न सहज हुनेछ। कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकिकरण गरी मनग्गे लाभ लिन सकिनेछ।

तुला – पढाइ लेखाइमा प्रविधिको सहयोगले प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै नतिजा आफूतिर ल्याउन सकिनेछ। माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवार तथा आफन्तबीचको सम्बन्धमा सुधार भएर जानेछ। सुन्दर तथा विलासी वस्तुहरुको प्रयोगमार्फत् अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ। राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ।

बृश्चिक – वौद्धिक व्यक्तित्वहरु सामु तपाईंले प्रस्तुत गर्नुभएको खरो प्रस्तुतीले सबैको मन जित्नेछ। पढाईलेखाईमा अरुभन्दा एक कदम अघि बढि नतिजा आफैंतिर ल्याउन सकिनेछ। सन्तान तथा छोराछोरीको प्रगतीमा मन रमाउनेछ। माया प्रेममा सामिप्यता बढेर जानेछ। कृषि तथा पशुपालन व्यवसायमा समय व्यतित हुनेछ। तरपनि भौतक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुहोला।

धनु – साथीभाइ तथा नातागोताबाट सहयोग पाइने हुनाले हरेक क्षेत्रमा अगाडी बढ्न सकिनेछ। माया प्रेममा आत्मियता बढ्नेछ भने पति पत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ। पैत्रिक धन तथा सरकारी सम्पत्ति प्रयोग गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ। विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै नतिजा आफैंतिर ल्याउन सकिनेछ।

मकर – अध्ययनमा अभिरुची बढ्नेछ भने उल्लेख्य सफलता प्राप्त हुनेछन्। आफन्त तथा परिवारको साथ रहने हुँदा उपलब्धीमुलक कामहरु समयमा नै सम्पन्न हुनेछन्। होटल तथा रेष्टुरेन्ट व्यवसायमा समय खर्चिनेहरुका लागी समय मध्ययम रहेको छ। प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिने हुनाले एक अर्कालाई विश्वास गर्दै जान सकिनेछ। बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै राम्रा कामहरु गर्न सकिनेछ।

कुम्भ – सुरु गरिएका सामाजिक कामहरु समयमा नै सम्पन्न हुनाले मान सम्मानमा वृद्धि भएर जानेछ। विशिष्ट व्यक्तिहरुलाई आफ्नो बहसमा ल्याएर काम लिन सकिनेछ। प्रविधिको सहयोगले पढाइ लेखाइमा उत्कृष्ट नतिजा ल्याउन सकिनेछ। खोज तथा अनुसन्धानमा समय लगानी गर्नेहरुले सकारात्मक नतिजा हासिल गर्न सक्नेछन् भने माया प्रेममा सामिप्यता बढेर जानेछ।

मीन – स्वास्थ्यमा गडबड आई दैनिक कामकाज बिग्रने खतरा रहेको छ, सचेत रहनुहोला। व्यापारमा लगानी गर्न केहि समय पर्खनु राम्रो रहेको छ। तरपनि विदेशमा उत्पादित सामानहरुको व्यापार फस्टाएर जानेछ। पढाइ लेखाइमा मन नजाने तथा अल्छि गर्नाले नतिजा बिग्रनेछ। प्रेममा एक अर्कालाई अविश्श्वास गर्नाले तथा नचाहँदा नचाहँदै टाढिनु पर्दा मनमा नरमाईलो लाग्नेछ।


प्रकाशित मिति: २४ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?