Trending
>>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ?
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

मण्डनदेउपुर नगरपालिकाले सम्पदा र धर्ममा चोट पुराएको पुरातत्त्व विभागको ठहर


२२ असार ,काभ्रे । काभ्रेपलान्चोकका स्थानीय तहहरुमा रहेका सम्पदा अनधिकृतरुपमा मास्न थालेपछि पुरातत्व अधिकृत र पुरातत्वविद्सहितको टोलीले ‘सम्पदाको महत्व स्थानीय सरकारलाई पनि बुझाउनु’ भन्दै पुरातत्व विभागलाई प्रतिवेदन बुझाएका छन् । स्थानीय सरकारलाई सम्पदाको महत्व बुझाउनु पर्ने जनाउँदै प्राचीन संरक्षण ऐन २०१३, सम्पदासम्बन्धी वर्तमान ऐन तथा कानुनका बारेमा स्थानीय सरकारलाई पनि जानकारी गराउन आवश्यक रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–७ मा नगरको प्रशासनिक भवन निर्माणका क्रममा स्थानीय मन्दिर भत्काउने क्रममा मनमती देवीको निकै पुरानो मूर्ति फेला परेपछि उक्त मन्दिर क्षेत्रमा विभागको टोलीले यही असार १३ गते अनुगमन गरेको थियो । विभागले अनुगमनपछि स्थानीय सरकारलाई मूर्तिसहित मन्दिर यथास्थानमा मन्दिर निर्माण गर्न निर्देशनसमेत दिइसकेको छ ।

टोलीद्वारा विभागमा पेस गरिएको प्रतिवेदनमा भनिएको छ, ‘सम्पदाबारे विद्यमान ऐन, कानुनको जानकारी गराउन गोष्ठी र तालिमको आयोजना गर्न उपयुक्त देखिन्छ ।’ टोलीले स्थानीय तहमा रहेका सम्पदा भत्काउनुपूर्व विभागमा जानकारी गराउनु पर्ने जनाएको छ । सम्पदा मास्नुपूर्व सहमति लिन जनचेतना, अभिमुखीकरण एवं तालिम गराउनुका साथै परम्परागत शैलीका सम्पदाको संरक्षण गर्नरगराउन टोलीले सुझाव दिएको छ ।

टोलीको सुझावसहितको प्रतिवेदनपछि विभागले मण्डनदेउपुर नगरपालिकालाई पत्राचार गरी धार्मिक तथा पुरातात्विक महत्वका सम्पदाको संरक्षणका लागि जीर्णोद्वार कार्य सञ्चालनपूर्व जानकारी गराउएर मात्रै पुनःनिर्माण गर्न र पुरातात्विक सम्पदा संरक्षण गर्न आग्रह गरेको छ । अनुगमन टोलीमा हनुमानढोका हेरचाह समितिका कार्यकारी प्रमुख सन्दिप खनाल, विभागका पुरातत्वविद् विष्णु पाठकलगायतले नगरले भवन निर्माण गर्दा जबर्जस्ती मन्दिर हटाएको पाइएको उल्लेख गरेका छन् ।

भेटिएको उक्त मूर्ति करिब दुई फिट अग्लो छ । सत्तरी वर्षअघि पुन निर्माण भएको देवालय पछि मन्दिरको स्वरुपमा बनाइएको हो, हजारौं सालदेखि आदिवासि दनुवार जातिले आफै पुजारी रहेर पुजेको पिपलको बोट मुनि मुर्ति शिला त्रिशूल सहित सामान्य देवालयको रुपमा पुजिने उक्त मन्दिर भत्काउँदा पुरातत्त्व विभाग संग समन्वय नगरेको , जनताको धर्म र आस्थाका बिषय बारे स्थानीय सरकार गम्भीरता पुर्वक उभिनु पर्नेमा मास्न उद्वत हुनु कानुन र धर्म संवत् छैन, पुर्व अनुसार ऐतिहासिक सम्पदालाई यथास्थानमा राखी पुन निर्माण गर्न भनिएको छ ।

टोलीले अनुगमनका क्रममा करिब छ सयवर्ष पुरानो मनमतिको ढलोटको मनमति देवीको मूर्ति फेला पारेको बताइएको छ । ‘फेला परेका मूर्ति अहिले मन्दिर भएकै ठाउँमा राखिएको छ । नगरले उक्त मन्दिर भत्काएपछि देश भर पुरातात्त्विक सम्पदा सरक्षण बारे अभियान चलाईरहेका श्रीकृष्ण धिमाल र नगरपालिका समाजसेवी प्रभुराम श्रेष्ठ सहित ६० जना स्थानीयले विभागमा सम्पदा संरक्षणार्थ निवेदन दिनुभएको थियो’, उनले भने ।

उक्त मन्दिर नगरको हाल निर्माण गरिएको भवनको उत्तरतर्फ रहेको थियो । मण्डनदेउपुर वडा नम्बर ७ का वडाध्यक्ष विष्णुप्रसाद पौडेलले केही वर्षअघि नगर कार्यापालिकाले मन्दिर हटाउने निर्णय गरेकाले भत्काइएको जानकारी दिए । नगरले मन्दिर बाहिर सार्न भत्काएपछि स्थानीयले विरोध जनाउँदै आएका छन् ।


प्रकाशित मिति: २२ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?