Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

ललिता निवास र त्यसले चर्चेको जग्गामा भवन निर्माण गर्न नदिने काठमाडाैँ महानगरको निर्णय


१८ असार, काठमाडाैँ । काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको जग्गामा भवन निर्माण गर्न नदिने निर्णय गरेको छ । सोमबार महानगरले एक सूचना जारी गर्दै भवन निर्माण गर्न स्वीकृति नदिने र उक्त क्षेत्रमा भवन निर्माण रोकिएको जनाएको हो ।

महानगरको वडा नम्बर ४ मा पर्ने उक्त क्षेत्रमा र अहिले कुनै भवन निर्माण भएमा त्यसलाई रोक्न पनि महानगरद्वारा जारी सूचनामा उल्लेख छ ।

महानगरले सूचनामा भनेको छ, ‘‘काठमाडौं महानगरपालिका वडा नम्बर ४ बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको जग्गामा भवन निर्माण गर्ने काडमाडौं महानगरपालिकाले अब स्वीकृति नदिने, निर्माण सम्पन्नताको प्रमाणपत्र जारी नगर्ने र उक्त क्षेत्रको कुनै जग्गामा भवन निर्माणकार्य भइरहेको भए सो कार्य रोक्का राख्न सम्बद्ध सरोकारवालाहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’’

सूचनाको उलङ्घन गरी सो क्षेत्र भित्र भवन निर्माण गरेमा महानगरले संरचना भत्काउने चेतावनी पनि दिएको छ । भत्काउँदा लागेको खर्चसमेत सम्बन्धित घरधनीबाट असुल उपर गरिने चेतावनी दिइएको छ ।


प्रकाशित मिति: १८ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?