Trending
>>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी >>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

ललिता निवासको जग्गामा तारबार लगाउन जाँदै महानगरको टोली


१७ असार, काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाले ललिता निवासको जग्गामा तारबार लगाउने भएको छ । काठमाडौं महानगरपालिका मेयर बालेन शाहको निर्देशनसँगै महानगरको टोली तारबार लगाउन जाने भएको हो ।

आज २:३० बजे ललिता निवास अन्तर्गतको खाली रहेको सार्वजनिक जग्गा संरक्षण गर्न घेराबार गर्न महानगरको टोली जाने नगर प्रहरी बलका प्रमुख राजु पाण्डेले जानकारी दिएका छन् ।

ललिता निवास जग्गा घटाला प्रकरणमा सीआईबीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, सुधीरकुमार शाह, धर्मप्रसाद गौतम, कलाधर देउजा, गोपाल कार्की, सुरेन्द्र कपाली र भुपेन्द्रमान श्रेष्ठ पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

सीआईबीले ललिता निवास प्रकरणमा ४०६ जनालाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने निष्कर्श निकालेको छ ।


प्रकाशित मिति: १७ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?