Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

ललिता निवासको जग्गामा तारबार लगाउन जाँदै महानगरको टोली


१७ असार, काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाले ललिता निवासको जग्गामा तारबार लगाउने भएको छ । काठमाडौं महानगरपालिका मेयर बालेन शाहको निर्देशनसँगै महानगरको टोली तारबार लगाउन जाने भएको हो ।

आज २:३० बजे ललिता निवास अन्तर्गतको खाली रहेको सार्वजनिक जग्गा संरक्षण गर्न घेराबार गर्न महानगरको टोली जाने नगर प्रहरी बलका प्रमुख राजु पाण्डेले जानकारी दिएका छन् ।

ललिता निवास जग्गा घटाला प्रकरणमा सीआईबीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, सुधीरकुमार शाह, धर्मप्रसाद गौतम, कलाधर देउजा, गोपाल कार्की, सुरेन्द्र कपाली र भुपेन्द्रमान श्रेष्ठ पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

सीआईबीले ललिता निवास प्रकरणमा ४०६ जनालाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने निष्कर्श निकालेको छ ।


प्रकाशित मिति: १७ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?