Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

खानेपानी उपलब्ध गराउन मन्त्री यादवको निर्देशन


१६ असार, ललितपुर । खानेपानी मन्त्री महिन्द्र राय यादवले उपभोक्तालाई सहजरुपमा खानेपानी उपलब्ध गराउन निर्देशन दिएका छन् ।

ललितपुर महानगरपालिका–१४, १५, २३ र २६ को खानेपानी सङ्घर्ष समितिले आज यहाँ आयोजना गरेको बृहत् अन्तरक्रिया कार्यक्रममा मन्त्री यादवले स्थानीय बासिन्दालाई तत्काल मेलम्चीको पानी उपलब्ध गराउन काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई निर्देशन दिए । उनले खानेपानीको सहज पहुँच आम जनताको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै जनतालाई शुद्घ खानेपानी उपलब्ध गराउने सरकारको दायित्व भएको बताए ।

कार्यक्रममा सांसद डा तोसिमा कार्की, प्रदेशसभा सदस्य रघुनाथ महर्जन, खानेपानी मन्त्रालयका कर्मचारी, ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जन, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रबहादुर कार्की, मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय प्रमुख राजेन्द्र सापकोटा तथा स्थानीय प्रभावित बासिन्दा कार्यक्रममा सहभागी थिए ।


प्रकाशित मिति: १६ असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?