Trending
>>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

खानेपानीलाई आमनागरिकको पहुँचमा पुर्याइन्छ : मन्त्री खाँन


खानेपानीमन्त्री अब्दुल खाँनले स्वच्छ खानेपानीलाई आमनागरिकको सहज पहुँचमा पु¥याउन सरकार लागिपरेको बताउनुभएको छ । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको कार्यालयमा आज आयोजित कार्यक्रममा मन्त्री खाँनले जनतालाई स्वच्छ खानेपानीको व्यवस्था गर्ने विश्वास दिलाउनुभयो ।

कुनकुन देशमा नेपालले पानी सहजै निर्यात गर्न सक्छ भन्ने विषयमा अन्तर्राष्ट्रियस्तरकै अध्ययन गरिने उल्लेख गर्दै उहाँले नेपालभित्र पानी नपुगेका जनसङ्ख्यालाई सहजरूपमा पानीको पहुँच पु¥याउन आफू अग्रसर रहने बताउनुभयो । मन्त्री खाँनले भन्नुभयो, “हामी खानेपानी निर्यात गर्दैछौँ । यस विषयमा मन्त्रालयले अध्ययन गरिरहेको छ ।”

उहाँले सरकारले आफ्नो नीति तथा कार्यक्रममै जनतालाई सहजै पानीमा पहुँच पुर्याउने भनेकाले आफू त्यसमा लाग्ने बताउनुभयो । विभिन्न जिल्ला भ्रमणमा रहनुभएका मन्त्री खाँनले सरकारले आफ्नो नीति तथा कार्यक्रममै जनतालाई सहजै पानीमा पहुँच पुर्याउने भनेकाले आफू त्यसमा लाग्ने बताउनुभयो ।


प्रकाशित मिति: १७ माघ २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?