Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

रसुवाको सडकमा उपकरण तयारी अवस्थामा


१५ असार, रसुवा । वर्षायामलाई मध्यनजर राखी रसुवाको पासाङल्हामु मार्गमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा राखिएका छन् । वर्षायाम सुरू भइसकेको र ग्राङ, मूलखर्क, खोपाङ तथा स्याफ्रुबेँसी नजिक याङयाङ क्षेत्रमा आउन सक्ने पहिरो पन्छाउन डिभिजन सडक कार्यालय नुवाकोटले उपकरण तयारी अवस्थामा राखेको हो ।

सडक कार्यालयका डिभिजन प्रमुख अमृतमणि रिमालका अनुसार ग्राङमा स्काभेटर तथा धुञ्चेमा लोडर राखिएको छ । सबैखाले अवरोध हटाई सामग्री बोकेका ट्रक, कन्टेनर, रसुवागढी नाकाबाट नेपाल–चीन आवतजावत गर्ने पर्यटक तथा नियमितरूपमा चल्ने बस, एक्म्बुलेन्सलगायत सवारीसाधन सहजरूपले आवतजावत गराउन कर्मचारी उपकरणसहित खटिएको उनले बताए ।

स्याफ्रुबेँसी–रसुवागढी १७ किमी सडकखण्डमा हुने वर्षायामको अवरोध भने निर्माणाधीन एक सय ११ मेगावाट रसुवागढी हाइड्रोपावरको उपकरणले पहिरो हटाउन निरन्तरता दिने बताइएको छ । विगत लामो समयदेखि रसुवागढी हाइड्रोपावरले वर्षाको हिले एवं हिउँदको धुले पहिरोलगायतका सबैखाले अवरोध हटाउँदै आएका कारण रसुवागढी नाकाबाट आयात निर्यात हुने सामग्री ढुवानीमा सहजता भएको बताइएको छ ।

पासाङल्हामु मार्गअन्तर्गत रसुवा खण्डको सडक भने विगतको तुलनामा निकै सुधार भए पनि मूलखर्कमा अडिसकेको पहिरालाई पुनः खोतल्ने काम भएका कारण थोरै भागमा जोखिम बढ्ने सम्भावना बढेको स्थानीयले बताएका छन् । यस्तै धुञ्चेपारि खोपाङ पहराको बीच भागमा रहेको ठूलो अल्को ग्यावियन पर्खाल फेदमा फुट्दै गएका कारण थप क्षति न्यूनीकरणका लागि पहल थाल्नुपर्ने स्थानीयको माग छ ।


प्रकाशित मिति: १५ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?