Trending
>>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै >>   चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र(तस्बिरसहित) >>   अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन >>   ऋण लिएर ऋण तिर्दै सरकार >>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

रसुवाको सडकमा उपकरण तयारी अवस्थामा


१५ असार, रसुवा । वर्षायामलाई मध्यनजर राखी रसुवाको पासाङल्हामु मार्गमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा राखिएका छन् । वर्षायाम सुरू भइसकेको र ग्राङ, मूलखर्क, खोपाङ तथा स्याफ्रुबेँसी नजिक याङयाङ क्षेत्रमा आउन सक्ने पहिरो पन्छाउन डिभिजन सडक कार्यालय नुवाकोटले उपकरण तयारी अवस्थामा राखेको हो ।

सडक कार्यालयका डिभिजन प्रमुख अमृतमणि रिमालका अनुसार ग्राङमा स्काभेटर तथा धुञ्चेमा लोडर राखिएको छ । सबैखाले अवरोध हटाई सामग्री बोकेका ट्रक, कन्टेनर, रसुवागढी नाकाबाट नेपाल–चीन आवतजावत गर्ने पर्यटक तथा नियमितरूपमा चल्ने बस, एक्म्बुलेन्सलगायत सवारीसाधन सहजरूपले आवतजावत गराउन कर्मचारी उपकरणसहित खटिएको उनले बताए ।

स्याफ्रुबेँसी–रसुवागढी १७ किमी सडकखण्डमा हुने वर्षायामको अवरोध भने निर्माणाधीन एक सय ११ मेगावाट रसुवागढी हाइड्रोपावरको उपकरणले पहिरो हटाउन निरन्तरता दिने बताइएको छ । विगत लामो समयदेखि रसुवागढी हाइड्रोपावरले वर्षाको हिले एवं हिउँदको धुले पहिरोलगायतका सबैखाले अवरोध हटाउँदै आएका कारण रसुवागढी नाकाबाट आयात निर्यात हुने सामग्री ढुवानीमा सहजता भएको बताइएको छ ।

पासाङल्हामु मार्गअन्तर्गत रसुवा खण्डको सडक भने विगतको तुलनामा निकै सुधार भए पनि मूलखर्कमा अडिसकेको पहिरालाई पुनः खोतल्ने काम भएका कारण थोरै भागमा जोखिम बढ्ने सम्भावना बढेको स्थानीयले बताएका छन् । यस्तै धुञ्चेपारि खोपाङ पहराको बीच भागमा रहेको ठूलो अल्को ग्यावियन पर्खाल फेदमा फुट्दै गएका कारण थप क्षति न्यूनीकरणका लागि पहल थाल्नुपर्ने स्थानीयको माग छ ।


प्रकाशित मिति: १५ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?