Trending
>>   मानव मर्यादा र आत्मसम्मान नै आधुनिक समाजको आधारः प्रहरी महानिरीक्षक कार्की >>   ६१ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसः माइतीघरमा ध्यानाकर्षण सभा >>   इनिशा विकको बलात्कारपछि हत्याको विरोध गर्दै माईतीघरमा प्रदर्शन >>   देशभर २४ घण्टामा ३६ विपद्का घटनाः एकको मृत्यु, ३० लाखभन्दा बढीको क्षति >>   इरानमाथिको आक्रमण कम गर्ने विचार गर्दैछु : डोनाल्ड ट्रम्प >>   दक्षिण कोरियाको अटो पार्टस कारखानामा आगलागी हुँदा १० जनाको मृत्यु, ५९ घाइते >>   नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखरा : मेयर धनराज >>   इस्लाम धर्मावलम्वी हर्षोल्लासका साथ इद उल फित्र मनाउँदै >>   क्षमताको आधारमा न्यायाधीश नियुक्ति गर्नुपर्छः सपना प्रधान मल्ल >>   अध्ययन, निष्ठा र अनुशासन नै सफलताको पूर्वशर्तः न्यायाधीश थापा
Logo
७ चैत्र २०८२, शनिबार
७ चैत्र २०८२, शनिबार

संस्कृति प्रवर्द्धनार्थ धुलिखेलमा बाँसुरी मेला


१५ असार, काभ्रे । काभ्रेपलाञ्चोकको धुलिखेल नगरको संस्कृति प्रवर्द्धनार्थ बाँसुरी मेलाको आयोजना गरिने भएको छ । धुलिखेलस्थित शिखलापुर बाँसुरी धे–धेले धुलिखेलमा पहिलोपटक शनिबार बाँसुरी मेला आयोजना गर्न लागेको हो ।

मेलामा विभिन्न जिल्लाका १३ समूहबीच बाँसुरी धुन प्रतिस्पर्धा हुने धेलेका संस्थापक अध्यक्ष अरविन माकाजुले जानकारी दिए । प्रतियोगितामा काभ्रेपलाञ्चोकको तीन समूह धुलिखेल खड्पु, बेथानचोक र पनौती बाँसुरी वाद्यबाधक तथा भक्तपुरको चार समूह, काठमाडाँैको पाँच समूह र ललितपुरको एक समूहले सहभागिता जनाउने भएका छन् ।

धुलिखेल–७ स्थित नारायणस्थान लाछीमा आयोजित उक्त प्रतियोगितामा प्रथम हुनेलाई रु २० हजार ट्रफी र प्रमाणपत्र, दोस्रो हुनेलाई रु १५ हजार र प्रमाणपत्र तथा तेस्रो हुनेलाई रु १० हजार पुरस्कार राशिको व्यवस्था गरिएको आयोजकले जनाएका छन् । सो अवसरमा देवगण र दैत्यनाच तथा साङ्गीतिक प्रस्तुतिसमेत हुने बताइएको छ ।

धुलिखेललाई पर्यटकीय क्षेत्रकारूपमा विकास गर्न, संस्कृति तथा सम्पदाको थलोकारूपमा चिनाउन तथा धुलिखेलको भित्री बस्तीलाई उजागर गर्न सो प्रतियोगिताको आयोजना गरिएको हो । बाँसुरी बाजाको महत्व बुझाउन प्रतियोगिताबाट थप मद्दत पुग्ने अपेक्षा गरिएको छ ।


प्रकाशित मिति: १५ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?