Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
३ पुष २०८२, बिहीबार
३ पुष २०८२, बिहीबार

संस्कृति प्रवर्द्धनार्थ धुलिखेलमा बाँसुरी मेला


१५ असार, काभ्रे । काभ्रेपलाञ्चोकको धुलिखेल नगरको संस्कृति प्रवर्द्धनार्थ बाँसुरी मेलाको आयोजना गरिने भएको छ । धुलिखेलस्थित शिखलापुर बाँसुरी धे–धेले धुलिखेलमा पहिलोपटक शनिबार बाँसुरी मेला आयोजना गर्न लागेको हो ।

मेलामा विभिन्न जिल्लाका १३ समूहबीच बाँसुरी धुन प्रतिस्पर्धा हुने धेलेका संस्थापक अध्यक्ष अरविन माकाजुले जानकारी दिए । प्रतियोगितामा काभ्रेपलाञ्चोकको तीन समूह धुलिखेल खड्पु, बेथानचोक र पनौती बाँसुरी वाद्यबाधक तथा भक्तपुरको चार समूह, काठमाडाँैको पाँच समूह र ललितपुरको एक समूहले सहभागिता जनाउने भएका छन् ।

धुलिखेल–७ स्थित नारायणस्थान लाछीमा आयोजित उक्त प्रतियोगितामा प्रथम हुनेलाई रु २० हजार ट्रफी र प्रमाणपत्र, दोस्रो हुनेलाई रु १५ हजार र प्रमाणपत्र तथा तेस्रो हुनेलाई रु १० हजार पुरस्कार राशिको व्यवस्था गरिएको आयोजकले जनाएका छन् । सो अवसरमा देवगण र दैत्यनाच तथा साङ्गीतिक प्रस्तुतिसमेत हुने बताइएको छ ।

धुलिखेललाई पर्यटकीय क्षेत्रकारूपमा विकास गर्न, संस्कृति तथा सम्पदाको थलोकारूपमा चिनाउन तथा धुलिखेलको भित्री बस्तीलाई उजागर गर्न सो प्रतियोगिताको आयोजना गरिएको हो । बाँसुरी बाजाको महत्व बुझाउन प्रतियोगिताबाट थप मद्दत पुग्ने अपेक्षा गरिएको छ ।


प्रकाशित मिति: १५ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?