Trending
>>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी
Logo
१४ कार्तिक २०८३, शनिबार
१४ कार्तिक २०८३, शनिबार

पालिकाको सहयोगमा पाँचपोखरीका दुई क्रिकेट खेलाडी तालिमका लागि भारत प्रस्थान


१३ असार, सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल गाउँपालिकाले आफ्नो पालिकाका दुई क्रिकेट खलाडीलाई थप तालिमका लागि भारत पठाएको छ ।

पाँचपोखरी थाङपाल गाउँपालिकाका सार्थक धिताल र पासाङ दोर्जे तामाङलाई पालिकाको लगानी तथा सिन्धुपाल्चोक क्रिकेट सङ्घको समन्वयमा तालिममा पठाइएकोे सिन्धुपाल्चोक क्रिकेट सङ्घका अध्यक्ष विजयकुमार धितालले जानकारी दिए ।

सार्थक बागमती प्रदेशका अन्डर–१६ कप्तान भइसकेका तथा राष्ट्रिय टिमको अन्डर–१६ को बन्द प्रशिक्षणमा परिसकेका खेलाडी हुन । पाँचपोखरी थाङपाल–३ का पासाङ जिल्लाबाट प्रदेशको खेल खेल्ने गर्दछन् ।

भारतको बहु प्रतिष्ठित रणजी ट्रफीसमेत खेलिसकेका खेलाडी पुनित मेहराद्वारा प्रशिक्षण गराउने कल्का क्रिकेट एकेडेमीमा तीन महिनासम्म ट्रेनिङका लागि सार्थक र पासाङलाई आज औपचारिकरूपमा गाउँपालिका अध्यक्ष टासी लामा, वडा अध्यक्षलगायतले शुभकामनासहित बिदाइ गरे । पाँचपोखरीले हरेक वर्ष क्रिकेट प्रतियोगितासमेत आयोजना गर्ने गरेको छ ।


प्रकाशित मिति: १३ असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?