Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

पालिकाको सहयोगमा पाँचपोखरीका दुई क्रिकेट खेलाडी तालिमका लागि भारत प्रस्थान


१३ असार, सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल गाउँपालिकाले आफ्नो पालिकाका दुई क्रिकेट खलाडीलाई थप तालिमका लागि भारत पठाएको छ ।

पाँचपोखरी थाङपाल गाउँपालिकाका सार्थक धिताल र पासाङ दोर्जे तामाङलाई पालिकाको लगानी तथा सिन्धुपाल्चोक क्रिकेट सङ्घको समन्वयमा तालिममा पठाइएकोे सिन्धुपाल्चोक क्रिकेट सङ्घका अध्यक्ष विजयकुमार धितालले जानकारी दिए ।

सार्थक बागमती प्रदेशका अन्डर–१६ कप्तान भइसकेका तथा राष्ट्रिय टिमको अन्डर–१६ को बन्द प्रशिक्षणमा परिसकेका खेलाडी हुन । पाँचपोखरी थाङपाल–३ का पासाङ जिल्लाबाट प्रदेशको खेल खेल्ने गर्दछन् ।

भारतको बहु प्रतिष्ठित रणजी ट्रफीसमेत खेलिसकेका खेलाडी पुनित मेहराद्वारा प्रशिक्षण गराउने कल्का क्रिकेट एकेडेमीमा तीन महिनासम्म ट्रेनिङका लागि सार्थक र पासाङलाई आज औपचारिकरूपमा गाउँपालिका अध्यक्ष टासी लामा, वडा अध्यक्षलगायतले शुभकामनासहित बिदाइ गरे । पाँचपोखरीले हरेक वर्ष क्रिकेट प्रतियोगितासमेत आयोजना गर्ने गरेको छ ।


प्रकाशित मिति: १३ असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?