Trending
>>   संघीय निजामती सेवा विधेयक एकात्मक शासन व्यवस्थाको मानसिकता राखेर आयो >>   एउटै व्यक्तिले विद्युत अनुमतिपत्र होल्ड गर्ने प्रवृत्ति कानूनी रुपमा अन्त्य गर्नुपर्छः सांसद शर्मा >>   निजी क्षेत्रको लगानी संकुचित बनाउने गरी विद्युत विधेयक आउनु हुँदैनः महामन्त्री थापा >>   राष्ट्रिय सभाको गरिमा बढाउन जरुरी:सांसद पदमबहादुर परियार >>   संघीयताको सन्तुलित कार्यान्वयन नभएको:सांसद पूजा चौधरी >>   प्रशासनिक र राजनीतिक संघीयताको बहस नहुँदा प्रदेश र स्थानीय सरकार अलमलमा:सांसद शेर्पा >>   प्रदेश सरकारसँग समेत राष्ट्रिय सभाको कडी टुटेको:सांसद रेणु चन्द >>   संविधानको कार्यान्वयनमा गम्भीर बनौँः अध्यक्ष दाहाल >>   संविधान संशोधन समावेशितालाई थप सुदृढ गर्नका लागि होः गृहमन्त्री लेखक >>   स्थानीयवासी भन्छन्ः अबको केही वर्षमा हिमाल पहाडी क्षेत्रका बस्ती खाली हुनेछन्
Logo
९ पुष २०८१, मंगलवार
९ पुष २०८१, मंगलवार

आशिष चाैधरीको डेब्यु गोलमा नेपालले पाकिस्तानलाई हरायो


१२ असार, काठमाडाैँ । भारतमा जारी साफ च्याम्पियनसिपको अन्तिम खेलमा नेपाल विजयी भएको छ । भारतको श्री कान्तीरभा स्टेडियममा भएको खेलमा नेपालले पाकिस्तानलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

नेपालका लागि खेलको ८० औँ मिनेटमा आशिष चाैधरीले गोल गरेका थिए । नेपालका लागि पहिलो खेल खेलेका चाैधरीले बक्स बाहिरबाट गरेको  प्रहार गोलमा परिणत भएको थियो ।

अन्तिम खेलमा जित हासिल गरेता पनि नेपाल जारी साफ च्याम्पियनसिपबाट बाहिरिइसकेको छ । यसभन्दा अघि नेपालले कुवेत र भारतसँग पराजित भएको थियो ।


प्रकाशित मिति: १२ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?