Trending
>>   भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना >>   ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री… >>   हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण >>   पहिचान भइसकेका शव तत्काल सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न राप्रपाको माग >>   दैवीप्रकोप उद्धार कोषको नाम परिवर्तन गरी प्रधानमन्त्री विपद् राहत कोष कायम गर्न प्रश्ताव >>   आईतवारको बिदा कटौती गर्न सांसद भाटको माग >>   मकवानपुरमा ईभी दुर्घटना हुँदा चार जनाको मृत्यु, चार घाइते >>   पुँजी बजार पुनरुत्थानमा अर्थ मन्त्रालयको नयाँ कार्ययोजना, लगानीकर्तामा बढ्यो आशा >>   कृष्णभीर असोज १ देखि दुईतर्फी खुलाउने तयारी, अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह
Logo
३१ भाद्र २०८३, बुधबार
३१ भाद्र २०८३, बुधबार

एसियाडका लागि रग्बी टोली घोषणा


११ असार, काठमाडाैँ । चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदमा सहभागी हुने रग्बी पुरुष टोलीको आइतबार घोषणा गरिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबारै भएको छनोट प्रतियोगिताबाट अन्तिम १२ खेलाडी छनोट गरिएको नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरेले जनाएका छन् ।

छनोट भएका खेलाडीहरुमा नवीन महर्जन, विराट श्रेष्ठ, पुजन फेवाली, यदु अधिकारी, निरोज कार्की, सविन महत, झुकेन्द्र राई, विक्रम पुरी, विशाल बडु, विवेश बासु, सुमन चौलागाईं र श्रीराम श्रेष्ठ रहेका छन् ।

वैकल्पिक खेलाडीमा विक्रम भारती, विकास राना मगर र सुजन कुमाल छन् ।

एसियाडमा नेपालले रग्बीमा पहिलोपटक सहभागिता जनाउन लागेको हो । एसियाड असोज ६ गतेदेखि २१ गतेसम्म आयोजना हुँदै छ ।


प्रकाशित मिति: ११ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?