Trending
>>   भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना >>   ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री… >>   हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण >>   पहिचान भइसकेका शव तत्काल सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न राप्रपाको माग >>   दैवीप्रकोप उद्धार कोषको नाम परिवर्तन गरी प्रधानमन्त्री विपद् राहत कोष कायम गर्न प्रश्ताव >>   आईतवारको बिदा कटौती गर्न सांसद भाटको माग >>   मकवानपुरमा ईभी दुर्घटना हुँदा चार जनाको मृत्यु, चार घाइते >>   पुँजी बजार पुनरुत्थानमा अर्थ मन्त्रालयको नयाँ कार्ययोजना, लगानीकर्तामा बढ्यो आशा >>   कृष्णभीर असोज १ देखि दुईतर्फी खुलाउने तयारी, अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह
Logo
३० भाद्र २०८३, मंगलवार
३० भाद्र २०८३, मंगलवार

पशुपतिमा सुनको जलहरी परीक्षण र तौलने कार्य सुरु


१० असार, काठमाडाैँ । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथमा चढाएको सुनको जलहरीको परीक्षण तथा नापतौल सुरु गरिएको छ ।

पशुपतिनाथमा चढाइएको सुनमध्ये १० केजी सुनको विषयमा प्रश्न उठेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले त्यसको अनुसन्धान गर्न थालेको हो ।

पशुपति विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जलहरीको परीक्षण तथा नापतौल गरिन लागेको जानकारी दिए ।

शिवलिङ्गबाट जलहरी निकालेर तौलिन र परीक्षणका लागि रद्र गाडेश्वरमा ल्याइएको छ । हालिएका जलहरी पनि त्यहाँ नै बनाइएको थियो ।

अख्तियारले अनुसन्धान गर्ने भएपछि कोषले शनिबार पशुपतिनाथमा क्षमा पूजा पनि गरेको थियो । सिसी टिभी जडान गर्नलाई क्षमा पूजा गरिएको जानकारी सुरक्षाकर्मीले दिए पनि आज जलहरीको परीक्षण र नापतौल सुरु भएको छ ।

जलहरी परीक्षण गर्न लागेकाले पशुपितमा भक्तजनलाई दर्शन गर्न पनि बन्द गरिएको छ ।


प्रकाशित मिति: १० असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?