Trending
>>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी
Logo
१४ कार्तिक २०८३, शनिबार
१४ कार्तिक २०८३, शनिबार

हेटाैँडाको सवारी दुर्घटनामा एक जनाको मृत्यु


१० असार, हेटाैँडा । हेटौँडा उपमहानगरपालिका–२ चौकीटोलमा गए राति भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । भैँसेबाट हेटौँंडातर्फ आउँदै गरेको बागमती प्रदेश०३–००२प ६४४ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आएको बागमती प्रदेश०३–००१ख ८५१ नम्बरको टिपरले ठक्कर दिँदा सो स्कुटरमा पछाडी सवार हेटौँडा–१ जरुवाटोल बस्ने वर्ष २५ का अमित कपाडीको निधन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ठक्करबाट घाइते कपाडीको हेटौँडा अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए । उनका अनुसार, ठक्कर दिने टिपर र चालकलाई प्रहरीले अनुसन्धानका लागि हिरासतमा लिइएको छ । उक्त स्कुटरका चालक सामान्य घाइते भई हेटौँडा अस्पताल उपचारपश्चात घर फर्किसकेको प्रहरी निरीक्षक घिमिरेले जानकारी दिए ।


प्रकाशित मिति: १० असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?