Trending
>>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

समृद्ध नेपालको आकाङ्क्षा पूरा गर्नु नै शहीदप्रति सच्चा श्रद्धाञ्जलि – सभामुख घिमिरे


सभामुख देवराज घिमिरेले नेपाली जनताका अधिकारलाई कुण्ठित गर्न खोज्ने अनेक खाले प्रयासलाई जनताले नै सफल हुन नदिएको बताउनुभएको छ । शहीद दिवसका अवसरमा सभामुख घिमिरेले नेपालमा लोकतन्त्र प्राप्तिका लागि प्राणको आहुति दिने चार शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै सो धारणा राख्नुभएको हो ।

“नेपाली जनताको अधिकार प्राप्तिको सङ्घर्षमा चार शहीदको योगदानको म उच्च प्रशंसा गर्न चाहन्छु”, घिमिरेले भन्नुभएको छ, “उहाँहरुकै कारण आज हामीले नागरिक स्वतन्त्रताको उपयोग गर्न पाएका छौँ ।” घिमिरेले नेपालमा मूलतः राजनीतिक सङ्घर्षको समय सकिएर विकास र समृद्धिको समय आएको पनि सो सन्देशमा बताउनुभएको छ ।

उहाँले सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकाङ्क्षा पूरा गर्नसके मात्र शहीदप्रति सच्चा श्रद्धाञ्जलि हुने उल्लेख गर्नुभएको छ ।


प्रकाशित मिति: १६ माघ २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?