Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

एसियाडका लागि छ खेलाडी छनोट


६ असार, काठमाडाैँ । नेपाल स्क्वास राकेट्स सङ्घले चीनको होङझावमा आयोजना हुने १९औँ एसियाली खेलकुद प्रतियोगिताका लागि आज छ जना खेलाडी चयन गरेको छ ।

सङ्घले राउन्ड रोविन लिगको आधारमा गरिएको छनोट प्रतियोगिताबाट परुषतर्फ र महिलातर्फ समान तीन÷तीन खेलाडी छनोट गरिएको हो ।

एसियाडमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडीमा पुरुषतर्फ अरहन्त केशर सिंह, अमृत थापा मगर र अमिर ब्लोन छन् भने महिलातर्फ विपना ब्लोन, वृष्णा थापा र स्वस्थानी श्रेष्ठ छन् । प्रशिक्षकको भूमिकामा हीराबहादुर थापा र टीम व्यवस्थापकमा सङ्घका अध्यक्ष किशोर महर्जन छन् ।

एसियाडमा नेपालले स्क्वासतर्फ एकल र टिम इभेन्टमा प्रतिस्पर्धा गर्नेछ । एसियाड आगामी सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म आयोजना हुनेछ ।


प्रकाशित मिति: ६ असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?