Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

पर्यटनमन्त्रीको प्रश्न : लुम्बिनीमा किन पवित्र काम भएन ?


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पवित्र भूमि लूम्बिनीमा अपवित्र काम किन भनी प्रश्न गर्नुभएको छ । मन्त्रलयमा आज लुम्बिनी विकास कोषका पदाधिकारीसँग ब्रिफिङ लिएपछि निर्देशन दिँदै मन्त्री किरातीले कोषको व्यवस्थपनका कारण लुम्बिनी बदनाम गर्ने प्रयास भएको टिप्पणी गर्नुभयो । राज्यले विश्वास गरेर त्यो क्षेत्रको विकासका लागि पठाएका मान्छेहरूले आफ्नो भूमिका बिर्सन नहुने उहाँको भनाइ छ ।

पवित्र र धार्मिक पर्यटकीय क्षेत्र आज गौचरन र फोहरले लुम्बिनी भरिएको गुनासो रहेको पनि पर्यटनमन्त्रीले बताउनुभयो । “देश–विदेशबाट मानिसहरूले लुम्बिनीलाई छुट्टै हिसाबले सोचेका हुन्छन् । यो विश्वभरिको बौद्धधर्मावलम्बीहरूको मुटुको ढुकढुकी हो । मुस्लिमहरूले मक्कमदिनालाई के बनाइसके ? लुम्बिनी सफा छैन सयौँ गाईहरू चर्ने गौचरन बनाइएको छ, तर तपाईँहरूले व्यवस्थापनको जिम्मा पाएर यस्तो फोहरैफोहर र धुलैधुलो राख्ने”, उहाँले भन्नुभयो । पर्यटनमन्त्री किरातीले लुम्बिनीलाई विकासका नाममा मागीखाने भाँडोमात्रै बनाइएको भन्दै उक्त क्षेत्रमा बनेका संरचनाको उपयोग गरिनुपर्ने धारणा राख्नुभयो । प्रभावकारी कामका लागि नीतिगत समस्या भए सहजीकरण गर्ने भन्दै उहाँले आगामी दिनमा कार्ययोजनसहित काम गर्न र सोको प्रगति प्रतिवेदन पेस गर्न आग्रह गर्नुभयो ।

मन्त्री किरातीले भन्नुभयो, “यो कुनै स्टन्ट होइन, अहिले हामी सुरुमा स्टन्ट देखाएर कर्मचारी सरुवा बढुवा गरेर सस्तो लोकप्रियता कमाउने पक्षमा छैनौँ । कर्मचारीले विगतमा के गरेको छ तर अब आजैदेखि ऊ सुध्रिनुपर्छ । कामको सम्पादन क्षमताको मूल्याङ्कन अब सुरु, भयो अब काम चाहियो ।”


प्रकाशित मिति: १५ माघ २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?