Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
११ माघ २०८२, आईतवार
११ माघ २०८२, आईतवार

घुस लिएको आरोपमा प्रहरी सहायक निरीक्षकविरुद्ध मुद्दा दायर


५ असार, सिरहा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा सिरहाको इलाका प्रहरी कार्यालय मिर्चैयाको मुद्दा शाखामा कार्यरत प्रहरी सहायक निरीक्षक सचिनकुमार भदैसवारविरुद्ध आज (मङ्गलबार) विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता भोला दाहालले जाहेरी दर्ता गर्ने क्रममा भदैसवारले सेवाग्राहीसँग नौ हजार घुस लिइसकेको अवस्थामा आयोगको टोलीले केही दिनअघि भदैसवारलाई पक्राउ गरेको जानकारी दिए ।

आरोपी प्रहरी सहायक निरीक्षक भदैसवारविरुद्ध बिगोबमोजिम कारबाहीको माग गर्दै विशेष अदालत, काठमाडौंमा मुद्दा दर्ता गरिएको आयोगले जनाएको छ ।


प्रकाशित मिति: ५ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?