Trending
>>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल
Logo
११ कार्तिक २०८३, मंगलवार
११ कार्तिक २०८३, मंगलवार

नेपाली पुस्तकलाई सीमामा कडाइ नगर्न कुलपति राईको आग्रह


४ असार ,काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले नेपालमा प्रकाशित पुस्तक भारत लैजाने क्रममा सीमामा कडाइ हुने गुनासो आएको भन्दै समस्या सम्बोधनका लागि पहल गर्न नेपालस्थित भारतीय राजदूतावासको ध्यानाकर्षण गराएका छन् ।

नेपाल-भारत साहित्य समारोहअन्तर्गत नेपाल–भारत पुस्तकालय काठमाडौँमा आयोजित ‘पुस्तक विमोचन एवं परिचर्चा’ कार्यक्रममा कुलपति राईले नेपाल र भारतमा प्रकाशित पुस्तकमा दुवै देशका पाठकको सहज पहुँच पुर्‍याउन सके पुस्तकको प्रभावकारिता अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।

सो अवसरमा उनले डा श्वेता दीप्तिद्वारा लिखित ‘साहित्य शोध समिधा’ र डा रामदयाल राकेशद्वारा नेपालीबाट हिन्दी भाषामा अनुदित ‘समकालीन नेपाली कविताएँ’ शीर्षकका दुई पुस्तक विमोचन गरेका थिए ।

दुवै पुस्तकहरू दुई देशबीच भाषिक, साहित्यिक, सांस्कृतिक एवं कलाको आदानप्रदानमा कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्दै उनले दुई देशबीचको सम्बन्धलाई भाषा, साहित्य, कला र संस्कृतिमार्फत थप सुदृढ पार्न भारतीय दूतावासले महत्वपूर्ण भूमिका खेल्दै आएको भन्दै प्रशंसा गरे ।


प्रकाशित मिति: ४ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?