Trending
>>   वन मन्त्रालयमा ऐन बहादुर शाहीको एक वर्षः ४१ हजारलाई प्रत्यक्ष रोजगारी, कार्बन व्यापारमा ऐतिहासिक सफलता >>   डेंगी परीक्षणको शुल्क निर्धारण गर्न जरुरीः मन्त्री पौडेल >>   गुलेन आन्दोलन विरुद्धको कारबाहीमा ९१० जना संदिग्ध पक्राउ >>   ट्रम्पको रुसलाई चेतावनीः ५० दिनभित्र युद्धविराम नभइ सय प्रतिशत कर लगाउँछु, नेटोमार्फत युक्रेनमा हतियार पठाउँछु >>   अमेरिकासँगको व्यापार विवादः इयुद्वारा प्रत्युत्तर प्रश्ताव >>   इण्डोनेसियामा स्पीडबोट पल्टिँदा ११ जना बेपत्ता >>   सबै सरकारी कार्यालयहरुलाई लार्भारहित बनाउँः मन्त्री पौडेल >>   चीनको जिडिपी पहिलो ६ महिनामा ५.३ प्रतिशतले विस्तार >>   भारतको थोक मुद्रास्फीति जुनमा –०.१३ प्रतिशतमा ऋणात्मक >>   लोकतन्त्र आइसकेपछि देशमा धेरै विकास भएको छः मदनकृष्ण श्रेष्ठ
Logo
१ श्रावण २०८२, बुधबार
१ श्रावण २०८२, बुधबार

राष्ट्र निमार्णमा खेलकुदको महत्वपूर्ण भूमिका रहन्छ : मुख्यमन्त्री रावल


सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले राष्ट्र निमार्णका लागि खेलकुदको भूमिका महत्वपूर्ण भएको बताउनुभएको छ । आजदेखि महेन्द्रनगरमा कञ्चनपुर क्रिकेट मेलाको चौथो संस्करणको उद्घाटन गर्दै उहाँले खेल हार र जितका लागि मात्र नभई राष्ट्र निमार्णका लागि योगदान हुने बताउनुभयो । “खेल हार र जितका लागि मात्रै होइन यसले राष्ट्र निमार्णमा समेत योगदान गरेको हुन्छ”, मुख्यमन्त्री रावलले भन्नुभयो, “राष्ट्रको विकासका लागि सबैले आ–आफ्नो क्षेत्रबाट योगदान गर्न जरुरी छ ।”

उहाँले कञ्चनपुर खेलाडी उत्पादनको भूमिसमेत भएकाले यस्ता प्रतियोगिताले खेलाडीहरुको विकास हुने बताउनुभयो । स्टार प्रोडक्सनले आयोजना गरेको क्रिकेट मेलामा कर्पोरेट क्रिकेट प्रतियोगिता, वडास्तरीय प्रतियोगिता र विद्यालयस्तरीय प्रतियोगिता सञ्चालन हुनेछन् । आजदेखि कर्पोरेट क्रिकेट प्रतियोगिता सुरु भएको र वडास्तरीय तथा विद्यालयस्तरीय प्रतियोगिता पनि आइतबारदेखि सञ्चालन हुने प्रतियोगिता संयोजक अविनाश जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा विजेता टोलीले रु एक लाख ११ हजार, ट्रफी र प्रमाणपत्र पाउनेछ भने उपविजेता टोलीले रु ५५ हजार, ट्रफी र प्रमाणपत्र पाउनेछ । ‘सिरिज अफ दी टिम’ले रु पाँच हजार पाँच सयसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने संयोजक जोशीले बताउनुभयो ।

प्रतियोगितामा उत्कृष्ट ‘ब्याट्स म्यान’ र ‘बलर’लाई रु तीन हजार पाँच सयसहित प्रमाणपत्र र मेडल प्रदान गरिनेछ । कर्पोरेट क्रिकेट प्रतियोगितामा एनआइसी एसिया बैंक, सनराइज बैंक, उदयदेव सहकारी, एनएमवी बैंक, नविल बैंक, सुदूरपश्चिम विश्वविद्यालय, सिएमजी क्लब, हेप्पी हावर, लिटिल बुद्ध एकेडेमी, सिर्जनशील सहकारी र मेगा सहकारी गरी ११ टोलीको सहभागिता रहेको छ ।


प्रकाशित मिति: १४ माघ २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?