Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

सरकारले बन्द भएका उद्योग सञ्चालन गर्छ : मन्त्री भण्डारी


उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले बन्द भएका उद्योग सञ्चालनको वातावरण बनाउने बताउनुभएको छ । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्टस् प्रालिले संयुक्तरुपमा आयोजना गरेको नेपाल उड इन्टरनेशनल एक्स्पो तथा नेपाल इन्टरनेशनल फर्निचर एण्ड होम डेकोर इन्टरनेशनल एक्स्पोको उद्घाटन गर्दै उहाँले विभिन्न कारणले बन्द हुन पुगेका सरकारी तथा निजी उद्योग सञ्चालनका लागि सरकारले आवश्यक वातावरण बनाउने बताउनुभएको हो ।

नेपालमा लगानीको वातावरण बनाउन सरकारका तर्फबाट गर्नुपर्ने नीतिगत सुधार गर्नुपर्नेमा जोड दिँदै उहाँले उद्योगी व्यवसायीका समस्या सुनेरै समस्या समाधान गरिने उल्लेख गर्नुभयो । मन्त्री भण्डारीले विदेशी लगानीकर्तालाई नेपालमा ढुक्क भएर लगानी गर्ने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले विभिन्न कारणले नेपाली उद्योग निरुत्साहित भइरहेकाले ती उद्योगको संरक्षणका लागि सरकारले स्वदेशमा उत्पादित वस्तुको निर्यात गर्ने वातावरण बनाउने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, “मुलुकमा उद्योग व्यवसायको स्थिति खस्किनुको कारण पहिचान गरी समस्या समाधानको खोजी गर्छौं, सहजरुपमा लगानी गर्ने वातावरण बनाउँछौँ ।” उहाँले अन्तर्राष्ट्रिय बजारको आधुनिक प्रविधि भित्र्याएर नेपाली उद्योगको उत्पादन बढाउनुपर्नेमा जोड दिनुभयो । आजदेखि यही माघ १५ गतेसम्म सञ्चालन हुने एक्सपोमा विभिन्न देशका एक सयभन्दा बढी ख्यातिप्राप्त ब्राण्डका प्रदर्शनी कक्ष तथा यस क्षेत्रमा कार्यरत व्यवसायी एवं संस्थाको सहभागिता रहेकोे छ ।

एक्सपोमा फर्निचर, प्लाइउड तथा काठ औजारका कम्पनी, डिलर, सबडिलर र बिक्रेताले काठ व्यवसायसँग सम्बन्धित उत्पादनका बारेमा जानकारी गराउने जनाइएको छ । यस एक्सपोले नेपालमा हाल भइरहेको काठ र फर्निचर क्षेत्रको विकास तथा आधुनिकीकरणमा टेवा पुग्ने बताइएको छ ।


प्रकाशित मिति: १३ माघ २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?