Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

श्रीलङ्काको अर्थतन्त्रमा सुधारको सङ्केत देखिएको आईएमएफको भनाइ


२० जेठ, एजेन्सी । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले श्रीलङ्काको अर्थतन्त्रमा सुधारको सम्भावित सङ्केत देखिएको उल्लेख गरेको छ ।

आईएमएफका उपप्रबन्ध निर्देशक केन्जी ओकामुराले श्रीलङ्काको भ्रमणपछि जारी गरेको वक्तव्यमा भनिएको छ, “आर्थिक पुनरुत्थान चुनौतीपूर्ण रहेको छ र सरकार र श्रीलङ्काका जनता दुवैको बलियो स्वामित्वमा सुधारको गतिलाई निरन्तरता दिन आवश्यक छ ।”

आईएमएफले समष्टिगत आर्थिक स्थायित्व हासिल गर्ने, ऋण स्थायित्व कायम गर्ने, वित्तीय स्थायित्वको रक्षा गर्ने, सुशासनलाई सुदृढ बनाउने र कमजोर वर्गको संरक्षण गर्ने महत्वकांक्षी आर्थिक कार्यक्रम कार्यान्वयन गर्ने श्रीलङ्काको दृढ प्रतिबद्धतालाई स्वागत गरेको ओकामुराले बताएका थिए ।

उनले वर्तमान आर्थिक सङ्कटको उत्पत्ति बाह्य झट्काका कारण बढेको नीतिगत गलत कदमबाट भएको बताए ।

भ्रमणका क्रममा उनले समष्टिगत आर्थिक स्थायित्वका लागि वित्तीय उपायहरू, विशेष गरी राजस्व सङ्कलनका उपायहरूको महत्वबारे अधिकारीहरूसँग छलफल गरेका थिए ।

“समयमै र पारदर्शी तरिकाले ऋण रणनीतिमा वार्ता गर्ने अधिकारीहरूको प्रतिबद्धताबाट म उत्साहित भएँ । ऋणदाताहरूसँगको निरन्तर खुला संवादले कार्यक्रम लक्ष्यहरू अनुरूप ऋण स्थिरता पुनःस्थापना गर्न र पुनर्संरचना सम्झौताहरूमा पुग्न मद्दत गर्नेछ,” उनले भने ।

ओकामुराले भने, “श्रीलङ्का आर्थिक सङ्कटबाट गुज्रिरहेको छ, यस संकटबाट असमान रूपमा प्रभावित भएका गरिब र अति जोखिममा रहेकाहरूलाई संरक्षण गर्नु अत्यावश्यक छ ।”

यसै वर्षको मार्चमा आईएमएफले श्रीलङ्काको आर्थिक नीति र सुधारलाई सहयोग गर्न करिब तीन अर्ब अमेरिकी डलरको विस्तारित कोष सुविधा अन्तर्गत ४८ महिनाको विस्तारित ऋण व्यवस्थालाई अनुमोदन गरेको थियो ।


प्रकाशित मिति: २० जेष्ठ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?