Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

रास्वपालाई खुला पत्र


  • सुर्य थापा

प्रिय साथी माननीय मनिष झाजी
संग्रामी अभिवादन !

तपाईं शालीन, भद्र, तर्कशील र तथ्ययुक्त समझदार व्यक्ति हुनुहुन्थ्यो, सायद अझै र अहिले पनि हुनुहोला नै!
राजनीतिक प्रतिशोधको यहाँहरूको हावादारी बेलुनको हावा बबरमहलस्थित काठमाडौं जिल्ला अदालतको परिसरमा पुगेर फुस्स हुनपुगेको अवगत नै भएको होला। सम्मानित अदालतलाई स्वतन्त्रता र निर्भिकतापूर्वक काम गर्न अवरोध गरेर यहाँहरूले कात्तिक ३ गते देखि नै दुनियाँलाई आश्चर्यचकित र लज्जित तुल्याउनु भएकै छ।

को रास्वपाको चौअन्नी हो कि होइन? यसमा दुनियाँलाई छु मतलब ? खासमा त्यो भिजिलान्ते जत्था रास्वपा र अभियुक्त रवी लामिछानेको भजनमण्डलीका रूपमा त्यहाँ तैनाथ थियो, जसले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि योजनाबद्द आक्रमणमा उत्रिएको तथ्य घामजत्तिकै छर्लङ्ग छ। सहकारी पीडितका तर्फबाट इजलासमा बहस गरेका कानुन व्यवसायीमाथि यसढंगको असहिष्णुता र अपराधिक हमलाले यहाँहरूको मुहारमा कलंकको कालो पोतिएको छ।उल्टै यहाँले जारी गरेको वक्तव्यमा एक मधेसीमूलका बौद्धिक व्यवसायीमाथि भएको ज्यादतीमा अर्को मधेसी मूलकै विधायकले तथ्यको ढाकछोप गर्न र बारदातमा संलग्नता लुकाउन गरेको अनुचित कोसिस देख्दा तपाईंहरूको ‘नयाँ र जान्ने’ भन्ने दावीसमेत खोक्रो बकवास रहेको तथ्य उदांगो भएको छ।

तपाईंको पार्टीद्वारा परिचालित भइरहेको भेंडा जमातले सोसल मिडिया त प्रदुषित गरेकै छ, जसले अश्लील, छाडा र यहाँ लेख्नसम्म नसकिने शब्दमा गालीगलौज गरेर संसदीय समितिका सभापति, वकिल, पत्रकार, यतिसम्मकि न्यायाधीशलाई सम्म प्रशंसा र गाली दुबै गरिरहेको छ।

आफ्नै जत्थाले गरेको कुकर्म र अपराधमा यति निरीहता प्रदर्शन गरेर वक्तव्य दिनुपर्ने दुःख किन बेसाउनु भएको होला ? सहकारीका पीडकको पक्षमा बहस गर्न आफैले सरकारलाई कार्यान्वयन गर्न निर्णय गरेको प्रतिवेदनको सिफारिसविपरीत सांसदको लोगो कालो कोटमा टाँसेर अदालतको इजलासमा पुग्ने माननीय महोदय रहेको समुहबाट कस्तो नैतिकता र आचारसंहिताको अपेक्षा गर्ने?

ठोकेर भन्न सकिन्छ- दिनेश त्रिपाठीमाथिको आक्रमण सहकारी ठगहरूले गरेको हो। तिनलाई पीडितको पक्षमा बोल्ने, लेख्ने र बहसपैरवी गर्ने ज‍ोकोही व्यक्ति सैह्य छैनन्।
तपाईंको नजिकै आडमा बसेर संप्रेषण गरिरहेका यूटुबर, पेज र अन्य परिचालित मिडियामा पनि तथ्य स्पष्टै छ।
आगे यहाँको मर्जी।


प्रकाशित मिति: ३ माघ २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?