Trending
>>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता >>   विशेष महाधिवेशनबाट कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन >>   कांग्रेसमा नयाँ नेतृत्वः गगन थापा सभापति, शर्मा–भुसाल उपसभापति >>   एकदर्जन बैंकहरुले घटाए ब्याजदर,कुनले कति ब्याज दिन्छन् ? >>   पार्टीमा कुनै नेता विशेषको प्रचार गर्नु राम्रो होइनः माधवकुमार नेपाल >>   निर्वाचनमा हामी जनताको घरदैलो अभियानमा केन्द्रित हुन्छौँः पुष्पकमल दाहाल >>   हाम्रो माग देउवा बाहेक अरुलाई प्रधामन्त्री तोकेर जाउँ भन्ने मात्रै होः गगन थापा >>   लायन्स क्लब अफ काठमाडौं ब्राईटस्टार द्दारा खाना तथा स्टेसनरी बितरण >>   काँग्रेस संस्थापन पक्षका नेताहरुको निष्कर्षः ‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’ >>   पार्टी विभाजन गर्न कोही नलागौँः रामहरि खतिवडा
Logo
२ माघ २०८२, शुक्रबार
२ माघ २०८२, शुक्रबार

सल्लाह गरेरै सरकारले अध्यादेश ल्याएको हो: कांग्रेस


काठमाडौं ।  सरकारले सल्लाह गरेर नै अध्यादेशहरू ल्याएको नेपाली कांग्रेसले बताएको छ। सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहीबार बसेको संसदीय दल कार्यसमिति र पार्टीबाट सरकारमा सहभागी १० मन्त्री तथा दुई राज्यमन्त्रीसहितको बैठकपछि प्रमुख सचेतक श्याम घिमिरेले सहमतिमै अध्यादेशहरू ल्याइएको बताएका हुन्।

‘अध्यादेशका विषयको कुरा पनि आएको छ, सल्लाह गरेर नै अध्यादेश ल्याइएको हो, आर्थिक सुधार र सुशासनका पक्षमा सरकारले काम गर्न पनि अध्यादेश ल्याउन जरूरी थियो,’ उनले भने, ‘तत्काल अध्यादेश ल्याएर काम नगर्ने हो भने सरकारले केही गर्न सकेन भन्ने सन्देश जनतामा जाने भयो, त्यसैले काम गर्नकै लागि सरकारले अध्यादेश ल्याएको हो।’


प्रकाशित मिति: ३ माघ २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?