Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

सल्लाह गरेरै सरकारले अध्यादेश ल्याएको हो: कांग्रेस


काठमाडौं ।  सरकारले सल्लाह गरेर नै अध्यादेशहरू ल्याएको नेपाली कांग्रेसले बताएको छ। सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहीबार बसेको संसदीय दल कार्यसमिति र पार्टीबाट सरकारमा सहभागी १० मन्त्री तथा दुई राज्यमन्त्रीसहितको बैठकपछि प्रमुख सचेतक श्याम घिमिरेले सहमतिमै अध्यादेशहरू ल्याइएको बताएका हुन्।

‘अध्यादेशका विषयको कुरा पनि आएको छ, सल्लाह गरेर नै अध्यादेश ल्याइएको हो, आर्थिक सुधार र सुशासनका पक्षमा सरकारले काम गर्न पनि अध्यादेश ल्याउन जरूरी थियो,’ उनले भने, ‘तत्काल अध्यादेश ल्याएर काम नगर्ने हो भने सरकारले केही गर्न सकेन भन्ने सन्देश जनतामा जाने भयो, त्यसैले काम गर्नकै लागि सरकारले अध्यादेश ल्याएको हो।’


प्रकाशित मिति: ३ माघ २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?