Trending
>>   सरकार ठिक ढंगले अगाडि बढ्न सकेनः प्रचण्ड >>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

९८ प्रतिशत नागरिकलाई आधारभुत खानेपानीको पहुँचमा पुर्याईसक्यौं : मन्त्री यादव


काठमाडौँ। खानेपानी मन्त्री प्रदीप यादवले ९८ प्रतिशत नागरिकमा आधारभुत खानेपानीको पहुँच पुगेको दाबी गरेका छन् ।

बिहीवार राष्ट्रिय भुकम्प सुरक्षा दिवसको अवसरमा लतिपुरमा आयोजित ‘भूकम्प र विपद् जोखिम व्यवस्थापन’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै मन्त्रि यादवले अबको एक वर्षभित्र शतप्रतिशत नागरिकमा आधारभुत खानेपानी पुर्याइसक्ने घोषणा गरेका छन्।

उनले अहिले २७ प्रतिशत नागरिकले मात्र शुद्ध खानेपानी पिउन पाएको उल्लेख गर्दै एक वर्षभित्र ५७ प्रतिशत नागरिकलाई शुद्ध खानेपानीको पहुँचमा पुर्याउने गरी काम गरिरहेको बताउदै उनले सरकार जनताका आधारभुत आवश्यकता पूरा गर्न संवेदनशील रहेको बताएका छन् ।

उनले भने, ‘खानेपानीको क्षेत्रमा हामी काम गरिरहेका छौं । हिजो कसले के काम गर्नुभयो त्यो अलग पाटो हो । तर अब जुन हाम्रो काम हुन्छ । त्यो सबै कामहरु प्रभावकारी रुपमा अगाडि बढ्छ । नेपाल विपद्को जोखिममा रहेको देश भएको हुनाले त्यस अनुसारको डिजाइन होस् भन्ने मैले सोच राखेको छु । त्यसैअनुसार हाम्रो काम पनि अगाडि बढिरहेको छ । अहिले खानेपानीको क्षेत्रमा ठूलो चुनौतिको पनि सामना गर्नुपरेको छ । अहिले हाम्रो मुलुकमा ९८ प्रतिशतन नागरिकलाई आधारभुत खानेपानी सेवा पु¥याएका छौं । अहिले पनि दुई प्रतिशत जनतामा आधारभुत खानेपानी पु¥याउन सकेका छैनौं । त्यसको लागि हामी निरन्तर लागिपरेका छौं । मलाई विश्वास छ एक वर्षभित्रमा सयप्रतिशत जनतामा आधारभुत खानेपानी पु¥याउँछौं । यो मेरो प्रतिवद्धता पनि छ । अर्को कुरा हामी २७ प्रतिशत नागरिकलाई शुद्ध खानेपानी दिइरहेका छौं । यो पर्याप्त छैन । यसले जनता बिरामी हुने तथा प्रकोपहरु फैलिने खतरा छ । त्यसकारणले गर्दा ५७ प्रतिशत पु¥याउनका लागि हामी लागिपरेका छौं । यो अठोट लिएर म अघि बढेको छु ।’

मन्त्रि यादवले काठमाडौं उपत्यकामा रहेको खानेपानीको समस्या साधानका लागि निरन्तर काम गरिरहको बताए ।


प्रकाशित मिति: ३ माघ २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?