Trending
>>   चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ >>   भ्रष्टाचार अन्त्य गर्ने एक मात्रै विकल्प समाजवादः झलनाथ खनाल >>   मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल >>   अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल >>   प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली >>   ‘कमरेड जलजला उपन्याशसको विवेचना’ पुस्तक विमोचन >>   नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक >>   हेटौँडा बजार क्षेत्रमा सडक विस्तारः चल्यो शनिवार बिहानै डोजर >>   चुनावपछि एमालेले फेरि सरकार बनाउँछःओली >>   राष्ट्रिय राजनीतिको चुनौति सामना गर्न ओलीलाई फेरि नेतृत्वमा ल्याउन खोजेका हौंः शंकर पोखरेल
Logo
२१ मंसिर २०८२, आईतवार
२१ मंसिर २०८२, आईतवार

ललितपुर महानगरलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने योजनामा अघि बढिसक्यौँः प्रमुख महर्जन


काठमाडौँ। ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुर महानगरलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने योजनामा अघि बढिसकेको बताएका छन् ।

बिहीवार राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा लतिपुरमा आयोजित ‘भूकम्प र विपद् जोखिम व्यवस्थापन’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै उनले ललितपुर महानगरलाई स्मार्ट सिटी बनाउनका लागि पोखरीहरुको पुनःनिर्माण सम्पन्न भइसकेको र वतावरणीय सुधार समेत महानगरको प्राथमिकतामा रहेको बताए ।

उनले ललितपुर महानगरभित्र खुला ठाउँ नभएको कारण केही समस्या भइरहेको बताउदै उनले स्मार्ट सिटी बनाउनका लागि कम्तिमा १० प्रतिशत खुला ठाउँको आवश्यकता रहेकोमा महानगरसँग तीन प्रतिशत मात्र खुला ठाउँ रहेको बताए । उनले पहिले नै नेपाल आर्मी लगायतले खालि ठाउँ लगिसकेको कारण अब कसैलाई पनि जमिन नदिने नीति लिएको बताएका छन् ।

उनले भने, ‘मेरो दास्रो कार्यकालसहित मेयर भएको साढे सात वर्ष भयो । यो समयमा हामीले धेरै वटा पोखरीहरु पुनर्निर्माण गर्यौ तिमध्ये सबैभन्दा ठूलो परियोजना लगनखेलको पोखरी हो । जुन हालसालै पुनर्निर्माण भएको छ । हामी सानो छँदाखेरि त्यहाँ खेल मैदान जस्तै थियो । पहिला त्यो ठाउँका पोखरी र फुटबल मैदानहरु आर्मीले लिएको थियो । अहिले हामी ललितपुर महानगरलाई स्माट सिटी बनाउने योजनामा छौं । तर स्मार्ट सिटी बनाउनका निमित्त कम्तिमा पनि १० प्रतिशत ठूला ठाउँको आवश्यकता छ । तर हामीसँग तीन प्रतिशत मात्र ओपन स्पेस छ । ओपन स्पेस नभएकै कारण अहिले मर्निङ वाक र इभनिङ वाक गर्न पाइँदैन । मैले मेयर भएपछि कसैपनि माइकालाललाई एक आना जमिन पनि नदिने नीति लिएको छु । पहिले नै सबै लिसक्यो अहिले मसँग तीन प्रतिशत मात्र जग्गा बाँकी छ । म यो चाहीँ घटाउन चाहन्न ।’

उनले महानगरलाई स्मार्ट सिटी बनाउन संघीय सरकारले पनि आवश्यक सहयोग गर्नुपर्ने बताएका छन् ।


प्रकाशित मिति: ३ माघ २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?